Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसी प्रदेशमा बाढी-पहिरोले अधिक क्षति: ४५ जनाको ज्यान गयो, घाइते पनि धेरै

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २१, २०८२  | अपराह्न १:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । हालैको बाढी र पहिरोका कारण सबैभन्दा बढी क्षति कोसी प्रदेशमा भएको छ। प्राकृतिक विपत्तिका कारण अहिलेसम्म ४५ जनाको मृत्यु भएको पुष्टि भएको छ।

इलाम जिल्लामा मात्रै पहिरोले ३७ जनाको ज्यान लिएको छ, भने पाँचथरमा १ जना मृत्यु भएको छ। यस्तै, बाढीका कारण १० जनाको मृत्यु भएको छ, जसमा उदयपुरमा २ जना र इलाम, पाँचथर, खोटाङ, मोरङ तथा सुनसरीमा एक–एक जनाको ज्यान गएको हो।

बिज्ञापन

बाढी र पहिरोका कारण भोजपुर र इलाममा एक-एक जना बेपत्ता छन्।

घाइतेको संख्या पनि उल्लेख्य रहेको छ। देशभर ४७ जना घाइते भएका छन्, जसमा इलाममा २६ जना, पाँचथरमा ३ जना र धनकुटामा १ जना पहिरोका कारण घाइते भएका हुन्। त्यस्तै, चट्याङ लागेर भोजपुर र खोटाङमा ३–३ जना, र उदयपुर, ताप्लेजुङ, धनकुटा, ओखलढुंगा, सुनसरी तथा पाँचथरमा एक–एक जना घाइते भएका छन्।

राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले अद्यावधिक गरेको विवरणअनुसार, मृत्यु हुनेको संख्या सबैभन्दा बढी कोसी प्रदेशमै रहेको छ।

यसैबीच, कोसी प्रदेश सरकारले प्रभावित इलाम जिल्लामा राहत सामग्री पठाउन थालेको छ। मुख्यमन्त्री हिक्मत कार्की स्वयं प्रभावित क्षेत्र पुगेका छन् र क्षतिको विवरण संकलन गरिरहेका छन्। सरकारद्वारा हेलिकप्टरमार्फत खाद्यान्न, त्रिपाललगायत राहत सामग्री इलाम पठाइएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka