Premier Cables
Premier Steel

अर्थ

बेलहिया नाकासम्म रेल-वे विस्तार गर्न सरकारसँग सांसद अग्रवालको माग ‘

रेल कनेक्सनले व्यापार सहज र ढुवानी लागत सस्तो हुन्छ’

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ ०७, २०८३  | राती ८:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । पुनमकुमारी अग्रवाल ले रुपन्देहीको बेलहिया–सुनौली नाकामा निर्माणाधीन एकीकृत जाँच चौकी (आईसीपी) सम्म रेल–वे कनेक्टिभिटी विस्तार गर्न सरकारसँग माग गरेकी छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अग्रवालले रेल–वे कनेक्सन विस्तार भए व्यापार सहजीकरण हुनुका साथै ढुवानी लागत समेत उल्लेख्य रूपमा घट्ने बताइन् ।

बिज्ञापन

उनले बेलहियामा निर्माणाधीन आईसीपी सम्पन्न भएपछि नेपाल–भारतबीचको व्यापार, आवतजावत र भन्सार व्यवस्थापन थप आधुनिक र व्यवस्थित हुने अपेक्षा गरिएको उल्लेख गरिन् । तर, आईसीपीसम्म रेल–वे कनेक्टिभिटी विस्तारको पहल हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

‘बेलहियासम्म रेल–वे कनेक्टिभिटी पुगे मालसामान ढुवानी सहज, छिटो र कम खर्चिलो हुन्छ,’ सांसद अग्रवालले भनिन्, ‘यसले नेपालका उद्योग, व्यवसाय तथा पर्यटन क्षेत्रलाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ ।’

उनका अनुसार हाल ट्रकमार्फत सामान ढुवानी गर्दा समय बढी लाग्ने, बाटोमै क्षति हुने जोखिम रहने र इन्धन तथा भाडा खर्च अत्यधिक हुने समस्या रहेको छ । रेल कनेक्सन विस्तार भए ठूलो परिमाणको सामान एकैपटक ढुवानी गर्न सकिने, ट्रान्जिट समय छोटिने र लागत घट्ने उनको भनाइ थियो ।

सांसद अग्रवालले वीरगञ्जमा रेल–वे कनेक्टिभिटी विस्तारपछि आयात–निर्यात लागत र समय दुवैमा कमी आएको उदाहरण दिँदै बेलहिया नाकामा पनि त्यही मोडल लागू गर्नुपर्नेमा जोड दिइन् । उनले नेपालको कुल आयातको ठूलो हिस्सा वीरगञ्ज नाकाबाट हुने तथ्यांक उल्लेख गर्दै मुलुककै दोस्रो ठूलो व्यापारिक नाका बेलहियामा रेल कनेक्सन अपरिहार्य रहेको बताइन् ।

नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्ड को अध्ययनअनुसार रेलमार्गबाट हुने ढुवानी ट्रकको तुलनामा करिब ४० प्रतिशतसम्म सस्तो पर्ने उनले जानकारी दिइन् ।

‘अहिले भैरहवा नाकामा दैनिक जामको समस्या छ । सामान बोकेर आउने ट्रकलाई नेपाल प्रवेश गर्न हप्तौं लाग्ने अवस्था छ,’ उनले भनिन्, ‘वार्षिक करिब एक खर्ब रुपैयाँ राजस्व संकलन गर्ने यो नाकाबाट २० अर्बभन्दा बढीको निर्यात हुँदै आएको छ ।’

भटमासको प्रशोधित तेल, सेन्थेटिक यार्न, खयर, पिना, चाउचाउ, पास्ता, फलाम तथा स्टीलका सामग्री, सिमेन्ट र क्लिंकरजस्ता स्वदेशी उत्पादन बेलहिया नाकाबाट निर्यात भइरहेको उल्लेख गर्दै उनले उच्च ढुवानी लागतका कारण उद्योगी व्यवसायी प्रतिस्पर्धामा कमजोर बन्दै गएको बताइन् ।

सांसद अग्रवालले भैरहवा नाकाबाट करिब ८–९ किलोमिटर दूरीमा रहेको भारतीय नौतनवा रेल–वे स्टेशनसँग कनेक्टिभिटी जोड्न आवश्यक रहेको बताउँदै सरकारले भारतसँग कूटनीतिक पहल गरी योजना अघि बढाउन आग्रह गरिन् ।

व्यवसायीहरूले समेत लामो समयदेखि बेलहियासम्म रेल–वे कनेक्टिभिटी विस्तारको माग गर्दै आएका छन् । रेल सेवा विस्तार भए वार्षिक करिब १० अर्ब रुपैयाँसम्म ढुवानी खर्च बचत हुने व्यवसायीहरूको दाबी छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka