Premier Cables
Premier Steel

समाचार

एकै दिन २७० भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा, नयाँ कीर्तिमान कायम

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ ०७, २०८३  | बिहान १०:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) मा बुधबार एकै दिन २७० भन्दा बढी आरोहीहरूले सफलतापूर्वक आरोहण गरेका छन् ।

पर्वतारोहण सञ्चालक संघ नेपाल का अनुसार यो नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्मकै ठूलो र ऐतिहासिक आरोहणमध्ये एक हो । संघका महासचिव ऋषि राम भण्डारी द्वारा जारी विज्ञप्तिमा यस उपलब्धिलाई नेपालको पर्यटन तथा साहसिक क्षेत्रमा गौरवपूर्ण र उत्साहजनक क्षणका रूपमा उल्लेख गरिएको छ ।

बिज्ञापन

यस आरोहण सिजनमा नेपाली आरोही कामिरिता शेर्पा ले ३२औं पटक सगरमाथा आरोहण गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् भने संखुवासभाकी लाक्पा शेर्पा ले ११औं पटक शिखर चुम्न सफल भएकी छन् ।

वसन्त ऋतु २०२६ मा नेपालतर्फबाट सगरमाथा आरोहणका लागि ५०० भन्दा बढी आरोहीहरूले अनुमति पत्र लिएको पनि संघले जनाएको छ, जुन आफैंमा नयाँ रेकर्ड हो ।

गत १३ मे २०२६ मा संघको बाटो खोल्ने तथा डोरी टाँग्ने टोलीले सफलतापूर्वक मार्ग निर्माण गरेपछि आरोहीहरूका लागि सगरमाथा आरोहण खुला गरिएको थियो । त्यसयता अनुकूल मौसमका कारण आरोहीहरू लगातार चुचुरोमा पुगिरहेका छन् ।

संघले सम्पूर्ण सरोकारवाला निकाय, शेर्पा गाइड, सहयोगी कर्मचारी तथा आरोहीहरूको समन्वय र अनुशासनका कारण सगरमाथासहित विभिन्न हिमाली क्षेत्रमा आरोहण गतिविधि सुरक्षित, व्यवस्थित र सफल रूपमा सञ्चालन भइरहेको जनाएको छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka