Premier Cables
Premier Steel

समाचार

न्यायाधीश सपना मल्ल २० दिन बिदामा

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ ०६, २०८३  | बिहान ११:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन लामो बिदामा बसेकी छन्। आफूभन्दा जुनियर न्यायाधीश मनोशकुमार शर्मा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त भएपछि मल्ल असन्तुष्ट बनेकी बताइएको छ।

मंगलबार मात्रै शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएका थिए। त्यसको भोलिपल्टै मल्ल बिदामा बसेकी हुन्। शर्मा प्रधानन्यायाधीश नियुक्त हुनुअघि मल्ल स्वयं कायममुकायम प्रधानन्यायाधीशको भूमिकामा थिइन् र उनले आफ्नै बिदा आफैँले स्वीकृत गरेकी थिइन्।

बिज्ञापन

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइराला का अनुसार सर्वोच्चका न्यायाधीशको बिदा प्रधानन्यायाधीशसमक्ष स्वीकृतिका लागि पेस गरिने प्रचलन रहे पनि शर्माले पदभार ग्रहण गर्नुअघि नै मल्लले आफ्नो बिदा स्वीकृत गरेकी हुन्।

यसअघि मल्ल न्यायाधीश वरीयतामा पहिलो रोलक्रममा थिइन्। उनीपछि न्यायाधीश कुमार रेग्मी दोस्रो र हरिप्रसाद फुँयाल तेस्रो रोलक्रममा रहेका थिए।

यी सबै वरिष्ठ न्यायाधीशलाई पछि पार्दै चौथो रोलक्रममा रहेका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। समाचारअनुसार उक्त निर्णयमा प्रधानमन्त्री बालेन्द्र शाह को विशेष चासो रहेको बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa