नोट: यो समाचार १ महिना अघिको हो
काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले घटेको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.२३ प्रतिशत अर्थात ६.५१ अंकले घटेर २ हजार ७२४.३९ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१४ प्रतिशतले घटेर ४६७.३७ विन्दुमा झरेको छ।
आज नेप्सेमा सूचीकृत ३४६ वटा स्क्रिप्टका ७८ लाख १६ हजार ४७८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ८ करोड ७७ लाख बढीको सेयर कारोबार भएको छ ।
आजको बजारबारे नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष हरि केसी भन्छन्, ‘नयाँ सरकार वा स्थिर सरकार आएपछि सेयरबजार बढ्छ भन्ने आम सेयर लगानीकर्ताहरुमा ठूलो आशा थियो तर बजार उल्टै खस्किन पुगेको छ । सेयरबजारले जहिल्यै नीतिहरुको स्पष्टता खोजिरहेको छ, तर नयाँ सरकारले त्यो स्पष्टता दिन नसक्दा बजारले लय लिन सकिरहेको छैन ।’



