Premier Cables
Premier Steel

शेयर बजार समाचार

नीतिगत अवरोध हटे तर बढेन सेयर बजार !

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar मंगलबार, जेठ २०, २०८२  | साँझ ४:०३ बजे

काठमाडौं : नेप्से सूचक मंगलबार ३५.७३ विन्दुले घटेको छ । यससँगै सूचक २६५८.९३ अंकमा आएको छ ।

६ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

बिज्ञापन

वाणिज्य बैंक समूहको सूचक घट्दा समग्र सूचक बढी प्रभावित भएको देखिन्छ ।सकारात्मक खबरहरुका बाबजुत पनि सेयर बजारमा भने अझै उत्साह देखिन सकेको छैन । बजेट र मौद्रिक नीतिपछि बजार बढ्ने अपेक्षामा बसेका लगानीकर्ता पुनः निरुत्साहित भएका भन् ।

मौद्रिक नीतिमार्फत सेयर बजारलाई फाइदा पुग्ने कदम चालिएको थियो भने बजेटमा कुनै पनि नकारात्मक हुने विषय ल्याइएको थिएन ।यति हुँदा पनि नेप्से भने झन् तल झरेको छ । यसबाट आम लगानीकर्ता थप अन्योल र आश्चर्यमा परेका छन् । नीतिनियममा सहजीकरण गरिएको अवस्था छ । ब्याजदर निरन्तर घटेको छ । वित्तीय प्रणालीमा अधिक पैसा छ । सेयर मूल्य सस्तो छ ।

यसरी एकपछि अर्को गुड न्यूजहरु आइरहँदा पनि बजार किन बढ्न सकेन भन्ने प्रश्न लगानीकर्ताहरुको मनमा तेर्सिएको अवस्था देखिन्छ ।तर केही जानकारहरुका अनुसार ठूला र संस्थागत लगानीकर्ताले आक्रामक ढंगले कारोबार नगरेकाले बजारले गति लिन नसकेको हो ।

बजारका लागि एकपछि अर्को सकारात्मक खबरहरु आइरहेका बेला संस्थागत तथा केही ठूला लगानीकर्ताहरुले भने योजनाबद्ध रुपमा तर निकै सुस्त गतिमा मात्र सेयर एकुमुलेसन गरिरहेको ब्रोकरहरुको भनाई छ ।

‘ठूला लगानीकर्ताहरुले सकेसम्म सस्तो मूल्यमा किन्ने रणनीति अनुसार काम गरिहेको देखिन्छ । यसबाट डिमान्ड पक्ष खासै मजबुत हुन सकेको छैन’, एक ब्रोकरले भने । तर यही बेला बजार बढ्नुको सट्टा झन् ओरालो लागेपछि कतिपय सर्वसाधारण र नयाँ लगानीकर्ताले आत्तिएर सेयर बिक्री गरेको पाइएको ब्रोकरहरु बताउँछन् ।त्यसो त यसरी बजार घट्नुपर्ने खास कारण देखिएको छैन ।

नयाँ बजेटले पुँजी बजारलाई प्रत्यक्ष प्रभावित हुने गरी करसम्बन्धी कुनै पनि विषय चलाएको छैन । विशेषगरी संस्थागत र ठूला लगानीकर्ताहरुको सक्रिय सहभागिताबिना सेयर बजारले फराकिलो वृद्धि हासिल गर्न गाह्रो हुन्छ ।

साना लगानीकर्ताले २–४ सय कित्ता कारोबार गरेका भरमा बजार गतिशील हुन सक्दैन ।यद्यपि, मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सेयर धितो कर्जाको जोखिमभार घटाइएको छ । यसकारण अब बैंकहरु सेयर कर्जा प्रवाहमा थप उत्साहित हुने अवस्था बनेको छ ।

जोखिमभार कम भएपछि सेयर धितो कर्जाको ब्याजदर थप सस्तो हुने भएकाले ठूला लगानीकर्ताहरु कर्जा लिन उत्साहित हुने देखिएको छ ।

सेयर कर्जा बढ्र्दै जाँदा सेयर बजारमा माग पनि बढ्ने र त्यसले समग्र सूचकलाई माथि लैजान सहयोग गर्ने भए पनि अहिलेसम्म व्यवहारमा भने त्यसो हुन सकेको छैन ।

सेयर बजारमा लगानीकर्ताको धैर्ययताको निकै ठूलो महत्व हुन्छ । कहिलेकाँही लामो समयसम्म बजार नबढ्ने भएकाले सकेसम्म वित्तीय अवस्था मजबुत भएका कम्पनीहरु किनेर होल्ड गर्न सक्ने क्षमता आम लगानीकर्तासँग हुनुपर्छ ।

आत्तिएर प्यानिक सेल गर्दा झन् घाटा व्यहोर्नुपर्ने अवस्था आउन सक्छ ।बजारमा माग पक्ष सबल बनाउनका लागि नयाँ लगानीकर्ता भित्रिनुपर्छ ।

लगानीकर्ताको मनोबल उच्च हुने कार्यक्रम आउनुपर्छ । संस्थागत लगानीकर्ताको बलियो उपस्थिति हुन जरुरी देखिन्छ ।कम्पनीहरुको मुनाफा र लाभांश वितरण क्षमता पनि बढ्दै जानुपर्छ । लगानीकर्ताले पनि सबल वित्तीय सूचक भएका कम्पनीहरु छान्न सक्नुपर्छ ।

यति हुन सकेकमा बजारले विस्तारै सकारात्मक बाटो समाउन सक्ने जानकारहरु बताउन्ँछन् ।यस दिन ३ सय १५ कम्पनीको १ करोड ५५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः युनिभर्सल पावर कम्पनी र ङादी ग्रुप पावर परेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka