Premier Cables
Premier Steel

शेयर बजार

पाँचौ कारोबार दिन पनि शेयर बजारमा हरियाली,कारोबार रकम भने घट्यो

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन ०५, २०८२  | अपराह्न ३:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला ४ कारोबार दिनदेखि बढिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक २१.७६ अंक बढेर २८९२.७२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.४६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६८ अंक बढेको छ।

बिज्ञापन

नेप्से बढेपनि यस दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार करिब साढे २१ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको १ लाख ३८ हजार ८२८ पटकको कारोबारमा १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँबराबरको ३ करोड ५६ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन थ्री स्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भि इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। कारोबारमा आएको ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७५ करोड ६६ लाख रुपैयाँबराबरको शेयर करोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम ७५ करोड रुपैयाँ नाघेको छ भने बुटवल पावर कम्पनीको साढे ५६ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.९३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka