Premier Cables
Premier Steel

समाचार

जातीय भेदभाव र दलित अधिकारबारे कोशी प्रदेश प्रहरी कार्यालयमा अन्तरक्रिया

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ ०३, २०८३  | अपराह्न २:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा जातीय भेदभावका घटना तथा दलित अधिकार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जेठ ३ गते (आज) आयोजित कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा आयोगका सदस्य सुन्दर पुर्कुटी, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे, प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा तथा मोरङ र सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुखसहितको टोलीको सहभागिता रहेको थियो।

बिज्ञापन

कार्यक्रममा जातीय भेदभावसँग सम्बन्धित घटनाको अवस्था, त्यसविरुद्ध भएका कामकारबाही तथा दलित समुदायले भोग्दै आएका समस्या र चुनौतीबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले दलित अधिकार संरक्षण, सामाजिक न्याय तथा विभेद अन्त्यका लागि राज्य संयन्त्र अझ प्रभावकारी बन्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले प्रदेशमा जातीय विभेद अन्त्यका लागि प्रहरीले सञ्चालन गरेका प्रयास र गतिविधिबारे प्रस्तुतीकरण गरेका थिए।

अन्तरक्रियामा सहभागीहरूले दलित समुदायमाथि हुने विभेद न्यूनीकरणका लागि जनचेतना, कानुनी कार्यान्वयन र समुदाय–प्रहरी सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए।

Oplus_16908288

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa