Premier Cables
Premier Steel

अर्थ

उद्योगी-बैंकरमाथि भइरहेको धरपकडप्रति उद्योग वाणिज्य महासंघको आपत्ति

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ ०१, २०८३  | बिहान ९:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पछिल्ला दिनमा उद्योगी व्यवसायी, निर्माण व्यवसायी तथा बैंकरमाथि राज्यका निकायबाट भइरहेको धरपकडप्रति आपत्ति जनाएको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै निजी तथा बैंकिङ क्षेत्रका उच्च पदस्थ व्यक्तिमाथि देवानी दायित्वका विषयलाई समेत फौजदारी कसुरको शैलीमा अघि बढाइएको भन्दै विरोध जनाएको हो ।

बिज्ञापन

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हालै नेपाल इन्भेस्टमेन्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गरेको थियो । त्यस्तै केही निर्माण व्यवसायीलाई पनि नियन्त्रणमा लिएर भौतिक पूर्वाधार मन्त्रालयमा उपस्थित गराइएको थियो ।

महासंघले पाण्डेको पक्राउले बैंकिङ क्षेत्रको विश्वसनीयता र साखमा नकारात्मक असर पार्ने उल्लेख गरेको छ ।

विज्ञप्तिमा प्रारम्भिक अनुसन्धान नै पूरा नगरी उद्योगी व्यवसायीलाई पक्राउ गर्ने तथा मिडिया ट्रायल गरिने प्रवृत्तिले सम्बन्धित व्यक्तिको मान–प्रतिष्ठामा असर पुग्ने भन्दै यस्ता अनुसन्धान गोप्य ढंगले गर्न आग्रह गरिएको छ । साथै देवानी दायित्व सिर्जना हुने प्रकृतिका मुद्दालाई सोहीअनुसार छानबिन र अभियोजन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

महासंघले संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने संवैधानिक व्यवस्थाको सम्मान गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka