नोट: यो समाचार १ महिना अघिको हो
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट्सतर्फको निर्वाचनमा विराटनगरका व्यवसायी सुयास प्याकुरेल कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन्। ३३ जना प्रतिस्पर्धीमध्ये उत्कृष्ट १७ भित्र स्थान बनाउँदै उनले १,०६९ मत प्राप्त गरेका हुन्।
विराटनगरमै रहेर व्यवसायिक पहिचान बनाएका प्याकुरेल एमएम प्लास्टिक र सिटी सिनेमा जस्ता उद्यमसँग आबद्ध छन्। साथै, उनी नेपाल प्रिमियर लिगअन्तर्गत विराटनगर किंग्स टोलीका मालिकका रूपमा पनि परिचित छन्। उनी उद्योग संगठन मोरङका पूर्व अध्यक्ष समेत रहिसकेका छन्।
व्यवसाय, मनोरञ्जन, बैंकिङ र खेलकुद क्षेत्रमा सक्रिय प्याकुरेलको विजयलाई विराटनगरका उद्यमीहरूको प्रभावशाली प्रतिनिधित्वका रूपमा हेरिएको छ। महासंघभित्र उनको उपस्थितिले निजी क्षेत्रका मुद्दा उठान तथा नीतिगत बहसलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।


