Premier Cables
Premier Steel

अर्थ

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख ३१, २०८३  | साँझ ७:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय सभाले सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधित्व नभएको राष्ट्रिय सभामा कांग्रेस, एमाले र नेकपासहितका दलका सांसदहरूले एकल तथा संयुक्त संशोधन प्रस्ताव दर्ता गरेका थिए । केही संशोधन प्रस्ताव सांसदहरूले फिर्ता लिए भने अधिकांश प्रस्ताव बहुमतले अस्वीकृत भएका छन् ।

बिज्ञापन

प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उठेका प्रश्नहरूको जवाफ दिएपछि राष्ट्रिय सभाले नीति तथा कार्यक्रम पारित गरेको हो ।

सांसदहरूले विभिन्न संशोधन प्रस्ताव पेश गरे पनि व्यक्तिगत संशोधन प्रस्तावहरू पारित हुन सकेनन् । रास्वपाको प्रतिनिधित्व नभए पनि अन्य दलहरूको समर्थनमा सरकारको नीति तथा कार्यक्रम अनुमोदन भएको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka