Premier Cables
Premier Steel

राष्ट्रिय

जे-नजीलाई राष्ट्रिय सभामा प्रतिनिधित्व गराउने विषयमा छलफल

Calendar सोमबार, असोज २७, २०८२  | बिहान १०:२८ बजे

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभामा ‘जेन–जी’ (Gen-Z) पुस्ताको प्रतिनिधित्व गराउने विषयमा चासो राखेकी छन्। आइतबार (असोज २६) प्रधानमन्त्री निवासमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भएको भेटमा उनले यो विषयमा विशेष जिज्ञासा व्यक्त गरेकी हुन्।

प्रधानमन्त्रीसँग भएको भेटवार्ताबारे जानकारी दिँदै अध्यक्ष दाहालले राष्ट्रियसभामा जेन–जी समावेश गर्ने सम्भावनाबारे पनि छलफल भएको बताए। उनका अनुसार, आगामी फागुन २१ गतेबाट राष्ट्रियसभाका १८ सदस्यको कार्यकाल समाप्त हुँदैछ। ती रिक्त पदमा निर्वाचन प्रक्रिया सुरु गर्ने विषयमा प्रधानमन्त्रीसँग परामर्श गरिएको हो।

बिज्ञापन

“उहाँले (प्रधानमन्त्रीले) निर्वाचन गर्न सकारात्मक संकेत दिनुभएको छ,” अध्यक्ष दाहालले भने, “त्यस क्रममा जेन–जी प्रतिनिधित्वबारे पनि चर्चा भयो, किनभने अहिलेको राजनीतिक बहसमा यो पुस्ता उल्लेखनीय रूपमा उठिरहेको छ।”

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। दाहालका अनुसार उक्त कार्यतालिकामा प्रधानमन्त्री कार्की पनि सहमत भएकी छन्।

अध्यक्ष दाहालले दलहरूबीच राजनीतिक सहमति आवश्यक पर्नेमा जोड दिँदै भने, “जेन–जीलाई प्रतिनिधित्व गराउने विषयमा राजनीतिक दलहरूसँग सहमति आवश्यक छ, किनभने मतदाता संरचना (स्थानीय तहका प्रमुख–उपप्रमुख तथा प्रदेशसभा सदस्यहरू) परिवर्तन गर्न सकिन्न।”

उनका अनुसार, निर्वाचन सातवटै प्रदेशमा हुने तय भइसकेको छ र सुरक्षाको दृष्टिकोणले पनि कुनै विशेष चुनौती नरहेको उल्लेख गरे।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka