Premier Cables
Premier Steel

राजनीति

राष्ट्रिय सभा निर्वाचनमा कोशीका को-को छन् उमेदवार ?

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष २३, २०८२  | अपराह्न १:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले उम्मेदवारको अन्तिम टुंगो लगाएका छन्।

नेपाली कांग्रेसको आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आफ्नो भागमा परेका ९ सिटका उम्मेदवारको नाम सार्वजनिक गरेको छ। कांग्रेसका तर्फबाट कोशी प्रदेशमा सुनिलबहादुर थापा, मधेस प्रदेशमा धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमती प्रदेशमा गीता देवकोटा, गण्डकी प्रदेशमा जगत तिमल्सिना, लुम्बिनी प्रदेशमा बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशमा ललितबहादुर शाही तथा सुदूरपश्चिम प्रदेशमा खम्मबहादुर खाती उम्मेदवार रहेका छन्।

बिज्ञापन

नेकपा एमालेले पनि आफ्ना ८ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। एमालेका तर्फबाट लुम्बिनी प्रदेशमा रामकुमारी झाँक्री, बागमती प्रदेशमा प्रेम दंगाल, कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेल, मधेस प्रदेशमा रेखा झा, गण्डकी प्रदेशमा सम्झना देवकोटा, कर्णाली प्रदेशमा मीना रखाल तथा सुदूरपश्चिम प्रदेशमा लिला भण्डारी उम्मेदवार चयन भएका छन्।

जसपा नेपालले आफ्नो भागमा परेको मधेस प्रदेशको एक सिटका लागि महन्थ ठाकुरलाई उम्मेदवार बनाएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष ठाकुरले केही समयअघि जसपासँग एकता गर्ने सहमति गरेपछि उनलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरिएको हो।

यसैबीच, नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सभा निर्वाचनमा एक्लै उम्मेदवारी दिने तयारी गरेको छ। यस विषयमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठसहितका नेताहरू आन्तरिक छलफलमा जुटिरहेका छन्।

राष्ट्रिय सभा निर्वाचनका लागि आजै उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका रहेको छ। १८ सिटका लागि हुने यो निर्वाचनले राष्ट्रिय सभाको आगामी राजनीतिक समीकरण निर्धारण गर्नेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka