Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेशका डिआइजीद्वारा पदभार ग्रहण, चुनौती भएपनि अग्रपंक्तिबाट सेवा दिन निर्देशन

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर ११, २०८२  | साँझ ७:२६ बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोशी प्रदेशका नयाँ प्रहरी प्रमुखका रूपमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) बिनोद घिमिरेले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

गृह मन्त्रालयको मंसिर ८ गतेको निर्णयअनुसार सरुवा भई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर पुगेका घिमिरेले मंसिर ११ गतेदेखि आफ्नो जिम्मेवारी सम्हालेका हुन्।

बिज्ञापन

उनीलाई प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोबिन्द अधिकारी, प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी दिपक पोखरेल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, कोशी प्रदेश प्रहरी गण रानी तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुखलगायत प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए।

पदभार ग्रहणपछि आयोजित कार्यक्रममा उनले कार्यालयमा उपस्थित प्रहरी अधिकृत तथा कर्मचारीहरू र भर्चुअल माध्यमबाट सहभागी जिल्लास्तरीय प्रहरी प्रमुखहरूलाई संबोधन गर्दै, जुनसुकै विषम परिस्थितिमा पनि उच्च मनोबलसहित अग्रपंक्तिमा रहेर अपराध नियन्त्रण र शान्ति–सुरक्षामा योगदान दिन निर्देशन दिए।

७० वर्षको इतिहास बोकेको नेपाल प्रहरी संगठनले अनेक आरोह–अवरोहका बीच पनि कानून कार्यान्वयनमार्फत देश तथा जनताको सेवामा निरन्तर समर्पित रहँदै आएको उल्लेख गर्दै उनले भने, “राज्यको वास्तविक उपस्थिति प्रहरीकै माध्यमबाट देखिन्छ। प्रहरीविनाको समाज कल्पना गर्न सकिँदैन।”

समय र परिस्थितिअनुसार आवश्यक परिवर्तन गर्दै सामूहिक भावना, भ्रातृत्व, सहकार्य र समन्वयसहित प्रविधिको अधिकतम उपयोग गरेर संगठनको गरिमा उँचो राख्दै प्रहरी सेवा दिन उनले निर्देशन दिए।

साथै, राम्रो काम गर्ने प्रहरीलाई तुरुन्त पुरस्कृत गर्न तथा कानूनविपरीत कार्य गर्नेप्रति तत्काल कारबाही गर्न पनि उनले स्पष्ट आदेश दिए।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka