Premier Cables
Premier Steel

समाचार

क्रियाशील सदस्यको अधिकार कटौती हुंदैन: कांग्रेस महामन्त्री घिमिरे

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख ०९, २०८३  | अपराह्न ३:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर ।‌ विराटनगरमा आयोजित पार्टी समीक्षा कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री गुरुराज घिमिरेले क्रियाशील सदस्यहरूको अधिकार कटौती गर्ने कुनै योजना नभएको स्पष्ट पारे। उनले पार्टीभित्र सुधारको प्रक्रिया कतैबाट सुरु गर्नैपर्ने बताउँदै त्यसलाई निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाए।

घिमिरेका अनुसार नेतृत्वप्रति सदस्यहरूको विश्वास घटेमा परिणाम नकारात्मक हुने खतरा हुन्छ। उनले विगतका ६०–४० गुटको राजनीति अब अन्त्य भइसकेको भन्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे। “पार्टी व्यक्तिगत विषय होइन, लाखौं क्रियाशील सदस्यहरूको साझा संस्था हो,” उनले भने।

बिज्ञापन

पार्टीलाई पुनर्जीवित गर्न ग्रासरुट अभियान सुरु गरिएको उनले जानकारी दिए। साथै, उनले बीपी कोइरालाले जनताको पक्षमा उभिँदै राजासँग सम्झौता नगरेको प्रसंग पनि स्मरण गरे।

कांग्रेसलाई नयाँ ऊर्जा दिन अब शून्यबाटै पुनःनिर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै घिमिरेले संसद्को जिम्मेवारीमा नरहेका सभापति गगन थापाको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको बताए। उनले नयाँ पुस्तालाई अझ सक्षम र परिष्कृत बन्नुपर्नेमा जोड दिँदै पार्टी पुनर्संरचना गरिने उल्लेख गरे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa