नेपालको राजनैतिक इतिहासमा मोरङ जिल्लाको स्थान उच्च छ । मोरङ सधैँ राजनीतिक अभियानमा दार्शनिक आन्दोलनको मुहान हो । यो लोकतन्त्रको आधार क्षेत्र हो । २००७ सालको क्रान्तिदेखि २०६२/६३ को जनआन्दोलनलाई निष्कर्षमा पून्याउने भूमि हो । अनि, बीपी कोइरालादेखि गिरिजाप्रसाद कोइरालासम्मको विरासतलाई अक्षुण राख्दै आएको क्षेत्र हो । अहिले फेरि एकपटक देशको राजनीतिको केन्द्र बनेको छ ।
२०८२ साल चैत ५ गते हुने विशेष निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट संघीय संसदको सदस्यका लागि प्रतिस्पर्धा गर्दै छन् । यस प्रतिस्पर्धाले गहिरो घनत्व र अर्थ बोकेको छ । यो प्रतिस्पर्धा केवल एउटा निर्वाचन क्षेत्रको हार वा जितको विषय मात्र होईन ।
नेपाली कांग्रेसभित्र थालनी भएको सुधारिएको कांग्रेस अभियानको संस्थागत सबलीकरण हो । यता, नेतृत्वमा नयाँ पुस्ताको आगमनले संस्थागत सबलीकरण सुरु गरेको छ । यो जवाफदेही राजनीतिक संस्कारको प्रथम पाईला हो । जसलाई फलाउने-फुलाउने अभिभारा तपाईं हाम्रो एकमतमा निर्भर रहन्छ । यो एउटा महत्त्वपूर्ण अवसरलाई तपाईँको विवेकले सार्थक बनाउँछ र बनाउनु पर्छ ।
घिमिरेको विद्यार्थी आन्दोलनदेखि पार्टीको महामन्त्रीसम्मको राजनीतिक यात्रा संघर्षको कथा हो । नेपालको विद्यार्थी आन्दोलनको कठिन संघर्षबाट उनको राजनीतिक जग निर्माण भएको हो । उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय राजनीतिमा प्रवेश गर्दा देशमा निरंकुश राजतन्त्र र लोकतान्त्रिक शक्तिहरूबीचको संघर्ष उत्कर्षमा पुगेको थियो ।
२०५० र ६० को दशकमा घिमिरे नेविसंघमा एक सशक्त र वैचारिक नेताको रूपमा स्थापित भए । उनी सधैँ नारा र जुलुस भन्दा माथि उठेका नेता हुन । गहकिलो वैचारिक स्पष्टता र साहसकोे परिचय बनाएका भद्र नेता हुन । २०६२/६३ को आन्दोलनमा नेविसंघको अध्यक्षको रूपमा उनले खेलेको भूमिका अविस्मरणीय छ । त्यसबेला राजनीतिक दलहरू राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गर्ने विषयमा अन्योलमा थिए । तर, घिमिरेको नेतृत्वमा रहेको नेविसंघको केन्द्रीय समितिले पहिलो पटक औपचारिक रूपमा राजतन्त्र हटाउने प्रस्ताव पारित गरेको थियो ।
यसरी, घिमिरेको साहासले ठुलो राजनीतिक अन्योलाई निकास दिने मार्ग खोलेको थियो । त्यसपछि, उनलाई तत्कालीन सरकारले राजद्रोहको आरोप लगायो र अन्य तीन विद्यार्थी नेताहरूसँगै उनलाई पक्राउ गर्यो । जेल जीवन र कठोर यातनामा पनि उनी आफ्नो अडानमा अटल रहे । घिमिरेको यही हिम्मत र साहसले उनलाई एक कुनै सम्झौता नगर्ने लोकतान्त्रिक योद्धाको रूपमा स्थापित गर्यो । विद्यार्थी राजनीतिमा सक्रिय हुँदा उनले केवल सत्ता परिवर्तन मात्र नभई शैक्षिक सुधार र सामाजिक न्यायका मुद्दालाई पनि प्राथमिकताका साथ उठाएका थिए ।
घिमिरे पार्टीभित्रको वैचारिक विद्रोहका क्यापटेन हुन । निष्ठा र इमान्दारिताका प्रतिक हुन् । यघपी, घिमिरेको राजनीतिक जीवन सधैं सहज थिएन । उनको पार्टीका शीर्ष नेतृत्वसँग फरक मत राख्ने क्षमता बलियो पाटो हो । २०६१ सालमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले नेविसंघको निर्वाचित कार्यसमिति भङ्ग गर्दा घिमिरेले त्यसको कडा विरोध गरे ।
उनले भ्रष्टाचार र निरंकुशताको विरुद्ध पार्टीभित्रै मोर्चा बनाएर लड्ने घोषणा गरे । यो घटनाले उनलाई अझ खरो बनायो । उनी पार्टीभित्रको आज्ञाकारी कार्यकर्ता भन्दा माथि उठे । सिद्धान्त र नियमहरूको पालना गर्ने खरो व्यक्तिको पहिचान बनाए ।
घिमिरेले पार्टीको १२औं देखि १४औं महाधिवेशनसम्म युवाहरूको प्रतिनिधित्व र पार्टीको आधुनिकीकरणका लागि लगातार दबाब दिए । १४औं महाधिवेशनमा प्रदेश १ को सभापतिमा थोरै मतले पराजित भए पनि उनले आफ्नो विचार र संगठनप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिएनन् । आफ्ना प्रयासलाई निरन्तर र अझ सशक्त रुपमा जारी राखे ।
एक वर्षअघिदेखि उनी अझ संगठित रुपमा पार्टी सुधारका लागि काम गरिरहेका थिए । उनले गरिरहेका प्रयास र प्रयत्नमा पार्टी अरु साथीहरु गएको ६ महिना पहिले मात्र एकाकार भए । यसरी वैचारिक शक्ति सञ्चयले नेपाली कांग्रेसकोे विशेष महाधिवेशन गन्यो । जुन प्रयत्नले शानदार वैधता पनि प्राप्त गरिसकेको छ ।
यसरी अन्ततः २०८२ सालको विशेष महाधिवेशनले घिमिरेलाई नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित गर्यो, जुन उनको दशकौंदेखिको संघर्ष र वैचारिक अडानको परिणाम थियो ।
घिमिरेको बौद्धिकता, निष्ठा र सरलताको संयोजन नै राजनीतिक जीवनका बलिया पक्षहरू हुन् । उनी नेपालको समकालीन राजनीतिमा एक बौद्धिक र सरल नेताको रूपमा चिनिन्छन् । यीनै राजनीतिक सबल पक्षहरूले उनलाई अन्य परम्परावादी नेताहरूभन्दा फरक र लोकप्रिय बनाएको हो ।
घिमिरे केवल एक वक्ता मात्र नभएर एक गहिरो अध्ययन भएका विचारक पनि हुन् । उनका लेख रचनाहरूमा मानवीय संवेदनशीलता र सामाजिक न्यायको भावना मुखरित भएको पाइन्छ । ‘मृत्युसँगको साक्षात्कार’ नामक कृतिमा उनले जीवनको परम सत्य र समाजप्रतिको दायित्वबोधका बारेमा विस्तृत चर्चा गरेका छन् । यस्तो संवेदनशील विचारधारा भएका व्यक्ति राजनीतिक पदमा पुगे नैतिकताको पुनःस्थापना हुन्छ । यता, राजनीतिलाई समाज सेवा र दर्शनको रूपमा बुझ्ने उनको स्वभाव हो । यसले उनलार्ई राष्ट्रिय मुद्दाहरूमा स्पष्ट र सन्तुलित दृष्टिकोण राख्न मद्दत गरेको छ ।
उनको तर्कले भन्छ-लोकतन्त्र केवल एउटा प्रणाली मात्र नभएर यो एक जीवनशैली हो, जहाँ नागरिकका आधारभूत अधिकारहरू सुरक्षित हुनुपर्छ । सबैले न्याय पाउनु प्रर्छ । उनको सबैले न्याय पाउनुपर्छ भन्ने अडानका पछाडिको दार्शनिक महत्व धेरै गहन छ । यसको अर्थ राजनीतिक–आर्थिक न्याय हो । रोजगारीको अवसर हो । मुलुकको आर्थिक समृद्धि हो । सानो ठूलो नभनी कानुनको समान उपयोग हो । अझ महत्वपूर्ण पाटो-समन्यायमा आधारित मानवीय मर्यादाको रक्षा हो ।
घिमिरे सुशासन र भ्रष्टाचारविरुद्धको अडान राख्ने खरो नेता हुन् । उनले विद्यार्थी जीवनदेखि नै भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँदै आएका हुन् । उनी पार्टीभित्रका स्वार्थी समूह र भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कारबाही हुनुपर्ने र राजनीतिलाई शुद्ध पार्नुपर्ने अडानमा दृढ छन् । उनी राजनीतिलाई शक्ति आर्जन गर्ने ठाउ बनाउनेका प्रखर बैरी हुन् । र, उनी ठोकुवा गर्छन्रा-जनीति सेवा गर्ने माध्यम हो । उनी आफै उभिएको धरातलको राजनीतिक प्रणालीलाई भ्रष्ट भन्न डराउँदैनन् । र, यसलाई नीतिगत निर्णयबाट सुधार्नुपर्ने विचार दरोसँग राख्तै आएका छन् ।
घिमिरेको राजनीतिको अर्को महत्त्वपूर्ण पक्ष भनेको नागरिकको दुःखमा प्रत्यक्ष सहभागी हुनु हो । उनले २०७२ सालमा आएको डरलाग्दो भूकम्पको समयमा धादिङ जिल्लाको बेनीघाटमा चेपाङ समुदायका मानिसहरूको लागि व्यक्तिगत र संस्थागत दुवै तरिकाले घरहरू बनाउन ठूलो भूमिका खेलेका थिए । यस्ता अन्य धेरै उदाहरण छन् । जसले उनलाई नागरिकका समस्यालाई नीति निर्माणको तहबाट समाधान गर्न सक्ने नेताको रूपमा स्थापित गर्यो ।
घिमिरेको उम्मेदवारी यस्तो अवस्थामा आएको छ, जहाँ विभिन्न राजनीतिक दलहरूका बीचमा कडा प्रतिस्पर्धा छ । यो ठाउँ पहिलेदेखि नै कम्युनिस्ट र मधेशवादी दलहरूको बलियो प्रभाव भएको क्षेत्र मानिन्छ । तर, उनले चुनावी प्रतिस्पर्धाका लागि मोरङ क्षेत्र नम्बर ४ नै रोजे । उनको आत्मविस्वासले यो चुनौतीलाई अवसरमा बदल्छ नै । यो क्षेत्रमा नेपाली कांग्रेसको प्रभाव क्षेत्र पनि हो । यस्तो अवस्थामा पार्टीका महामन्त्रीले उम्मेदवारी दिनु आफैंमा एउटा महत्त्वपूर्ण कुरा हो । उनी आएपछि कांग्रेसका पुराना कार्यकर्ताहरू उत्साहित भएका छन् । नयाँ मतदाताहरूले पनि उनलाई बुझ्ने र जान्ने व्यक्तिको रूपमा हेरेका छन् । अतः हामी सबैका लागि घिमिरेको उम्मेदवारी नयाँ सुरुवातको अवसर हो ।
यस क्षेत्रमा वर्षायाममा डुबान, रासायनिक मलको कमी, बेरोजगारी लगायतका दर्जनौ समस्या छन् । यस्ता स्थानीय समस्यालाई राष्ट्रिय स्तरमा उठाउन सक्ने क्षमता घिमिरेमा छ । यस क्षेत्रको औद्योगिक विकासको लागि उनको नेतृत्व एकदमै आवश्यक छ । यो पाटोलाई यहाँका नागरिकले राम्रो सँग महसुस गर्नु प्रर्छ । यता, युवा र महामन्त्रीको हैसियतले चुनाव जित्नै प्रर्छ । किन भने, कांग्रेसका महामन्त्रीको रूपमा गुरुराज घिमिरेको जित केवल एकजना व्यक्तिको जित मात्र नभएर यो पार्टी र देशको भविष्य निर्धारण गर्ने महत्त्वपूर्ण आधार पनि हो ।
२०८२को पुष २७-२९को मध्यरातिसम्म सम्पन्न भएको काङ्ग्रेसको विशेष महाधिवेशनले पार्टीभित्र नयाँ नियम बसाउन प्रस्ताव पारित गरेको छ । जुन एक व्यक्तिको एक पटक मात्र राष्ट्रपतिको कार्यकालमा रहने, प्रधानमन्त्रीमा दुई कार्यकाल मात्र रहने, मन्त्रीमा तीन कार्यकाल मात्र रहने र सांसदमा चार कार्यकाल मात्र रहने हो । यो नियमलाई कार्यान्वयन गर्न घिमिरले संसदमा प्रवेश गरेर छलफल गराएर लागु गराउनुपर्ने हुन्छ । जितले मात्र यो सुधारवादी योजनालाई कानूनी रूपमा मान्यता दिने छ । जसले नेपालको राजनीतिमा लामो समयदेखि जरा गाडेर बसेको शक्तिको लालसालाई हटाउने छ ।
युवा नेता घिमिरेको जितले पार्टीमा नयाँ विचार र सक्रियता ल्याउनेछ । विशेष महाधिवेशनबाट चुनिएका नयाँ नेताहरूलाई नागरिकले समर्थन गरेमात्र पुस्तान्तरण र नेतृत्वले वैधता पाउछ । त्यसैले उनेको जित अनिवार्य छ । उनले नेतृत्व गरेको सुधारवादी समूहले पार्टीलाई परिवर्तन गर्न सुरु गरेको छ ।
जसलाई सार्थक बनाउन त्यस क्षेत्रका सबै मतदाताका मतले गहन भुमीका खेल्छ । घिमिरे कांग्रेसभित्रका सिमित नेताले गरेको अधिकारको एकाधिकार विरुद्धका लडाकु हुन । उनले सुधारिएको कांग्रेसको अभियानलाई केवल भाषणमा मात्र सीमित नराखेर काममा गरेर देखाउने छन् । यसै कारणले गर्दा उनलाई जिताउनै प्रर्छ । घिमिरेको आर्दश राजनीतिको अर्को पाटो विधानको सर्वोच्चता र आन्तरिक लोकतन्त्र हो । उनको जितले पार्टीभित्र नियम तोडेर गरिने निर्णयहरूलाई रोक्न र पार्टीभित्रको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँछ ।
घिमिरे विशेष महाधिवेशन बोलाउन ५३ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर सङ्कलन गरेर जुन आँट देखाए । नेपाली काङ्ग्रेस जस्तो एकाधिकारबाट चलेको पार्टीमा यो आँट गर्नु र आफ्नो प्रयत्नलाई निष्कर्षमा पुर्याउनु हिमाल बोक्नु बराबरीको चुनौतीलाई पार लगाउनु हो ।
त्यसले कांग्रेसभित्र कार्यकर्ताको भावनाको सम्मान हुनुपर्छ भन्ने कुरा स्थापित गरेको छ । घिमिरे सधै आत्मविश्वासका साथ चर्को आवाजमा बोल्थे-“पार्टी भनेको केही नेताहरूको समूह मात्र होइन, यो लाखौं नागरिक, कार्यकर्ता र समर्थकहरूको भावनाको प्रतिनिधित्व हो ।”
अब यो आवाजलाई कार्यान्वयनमा ल्याउन पनि मोरङ क्षेत्र नम्बर ४ का आम मतादाताले छातीमा हात राखेर निर्णय लिनुपर्छ र जीवनमा एकपटक घिमिरेलाई अवसर दिनैपछ । यदि तपाईँ चुक्नुभयो भने हाम्रा सपनाहरू फगत मिथकमा परिणत हुनेछन् । सपनालाई साकार पार्न सबैले हातेमालो गरौं ।
घिमिरेको विचारले जोड दिन्छ-आर्थिक रूपमा स्वतन्त्र नभएको लोकतन्त्रको कुनै अर्थ हुँदैन । उनीमा कांग्रेसलाई राजनीतिक परिवर्तन मात्र नभएर आर्थिक विकास, शिक्षा र रोजगारी सिर्जना गर्ने पार्टी बनाउने हुटहुटी छ । मोरङको औद्योगिक इतिहासलाई फेरि जगाउने सपना साँचेका छन् । उनले नेपालले अल्पविकसित राष्ट्रबाट माथि उठ्दा आउने आर्थिक चुनौतीलाई कसरीे सामना गर्ने छ भन्ने बहस छेड्रने छन् ।
उनको प्रयास र योजनाले कांग्रेसलाई फेरि एकपटक जनताको विश्वास जित्ने पार्टी बनाउनेछ । त्यसैले, वर्तमानमा हामी चुक्यौँ भने सुरक्षित भविष्यले प्रत्याभूति पाउँदैन ।
नागरिकको हित र राष्ट्रिय मुद्दाहरूमा घिमिरेको दृष्टिकोण प्रष्ट छ । धेरैले संघीयतालाई खर्चिलो भन्छन्, तर घिमिरेले यसलाई स्थानीय जनताको अधिकारको रूपमा व्याख्या गरेका छन् । संघीयता भनेको केन्द्रको अधिकार स्थानीय तहसम्म पुर्याउनु मात्र नभएर स्थानीय तहका समस्याहरूलाई राष्ट्रिय स्तरमा उठाउनु पनि हो ।
उनले संघीयता कार्यान्वयनमा रहेका कानुनी समस्याहरूलाई समाधान गर्न र निजामती सेवा ऐन, शिक्षा ऐन लगायत सयौं मौजुदा कानुनहरूका साथै आवश्यकता परे संविधानसमेत संशोधन गर्ने जस्ता महत्त्वपूर्ण विधेयकहरू पास गराउने छन् । कृषि क्षेत्रलाई मझौला उद्योगको अवधारणा अनुसार औद्योगिकरण गर्नेछन् । पर्यटन क्षेत्रलाई औद्योगिकरणको फ्रेमवर्कभित्र ल्याउन भगिरथ प्रयास गर्नेछन् । यी प्रयासहरूबाट नतिजा नआएसम्म उनी थाक्ने छैनन् ।
नेपालको राजनीतिक प्रणालीमा नीतिगत भ्रष्टाचार नै मुख्य समस्या हो । मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयको आडमा भ्रष्टाचारलाई छुट दिने चलन बन्द हुनु प्रर्छ । घिमिरेको जितले संसदमा भ्रष्टाचारविरोधी कानुनहरू बनाउन र अख्तियार जस्ता संस्थाहरूलाई स्वतन्त्र बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने छ ।
नेपाल विविधतापूर्ण भूगोल हो । घिमिरेले समावेशीकरणको अवधारणालाई केवल ‘आरक्षण’को घेरामा सीमित नराखी विकासको मूल आधार बनाउने छन् । मधेसी, दलित एवम् अल्पसंख्यक समुदायहरूको हकअधिकारलाई सुनिश्चित गर्दै राज्यका हरेक संरचनामा उनीहरूको समान सहभागिताका लागि घिमिरे निरन्तर क्रियाशील रहने छन् ।
घिमिरेकोे सादा जीवनशैली, बौद्धिक क्षमता र वैचारिक निष्ठाले उनलाई एक विशिष्ट उम्मेदवारको रूपमा उभ्याएको छ । उनको विजयले नेपाली काङ्ग्रेसलाई मात्र नभई सिङ्गो देशको राजनीतिलाई नै नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग गर्नेछ । जनमुखी योजनाहरू र भ्रष्टाचारविरुद्धको अडानले संसदीय प्रणालीलाई अझ बढी उत्तरदायी बनाउनेछ ।
अतः मोरङ ४ का मतदाताहरूले एक जनप्रतिनिधि मात्र चयन गर्ने होईन् । यो अवसर देशको राजनीतिलाई सही दिशामा डोहोर्याउने एक जिम्मेवार र जवाफदेही कार्य हो ।
