Premier Cables
Premier Steel

कोशी प्रदेश

कांग्रेस महामन्त्री घिमिरेको उम्मेदवारी: सपना र औंचित्य

नोट: यो समाचार ३ महिना अघिको हो

अधिवक्ता राजकुमार सिवाकोटी Hamro Biratnagar News Channel Calendar बिहिबार, माघ २२, २०८२  | अपराह्न २:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

नेपालको राजनैतिक इतिहासमा मोरङ जिल्लाको स्थान उच्च छ । मोरङ सधैँ राजनीतिक अभियानमा दार्शनिक आन्दोलनको मुहान हो । यो लोकतन्त्रको आधार क्षेत्र हो । २००७ सालको क्रान्तिदेखि २०६२/६३ को जनआन्दोलनलाई निष्कर्षमा पून्याउने भूमि हो । अनि, बीपी कोइरालादेखि गिरिजाप्रसाद कोइरालासम्मको विरासतलाई अक्षुण राख्दै आएको क्षेत्र हो । अहिले फेरि एकपटक देशको राजनीतिको केन्द्र बनेको छ ।

 

बिज्ञापन

निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट संघीय संसदको सदस्यका लागि प्रतिस्पर्धा गर्दै छन् । यस प्रतिस्पर्धाले गहिरो घनत्व र अर्थ बोकेको छ । यो प्रतिस्पर्धा केवल एउटा निर्वाचन क्षेत्रको हार वा जितको विषय मात्र होईन ।

 

नेपाली कांग्रेसभित्र थालनी भएको सुधारिएको कांग्रेस अभियानको संस्थागत सबलीकरण हो । यता, नेतृत्वमा नयाँ पुस्ताको आगमनले संस्थागत सबलीकरण सुरु गरेको छ । यो जवाफदेही राजनीतिक संस्कारको प्रथम पाईला हो । जसलाई फलाउने-फुलाउने अभिभारा तपाईं हाम्रो एकमतमा निर्भर रहन्छ । यो एउटा महत्त्वपूर्ण अवसरलाई तपाईँको विवेकले सार्थक बनाउँछ र बनाउनु पर्छ ।

घिमिरेको राजनीतिक यात्रा

घिमिरेको विद्यार्थी आन्दोलनदेखि पार्टीको महामन्त्रीसम्मको राजनीतिक यात्रा संघर्षको कथा हो । नेपालको विद्यार्थी आन्दोलनको कठिन संघर्षबाट उनको राजनीतिक जग निर्माण भएको हो । उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय राजनीतिमा प्रवेश गर्दा देशमा निरंकुश राजतन्त्र र लोकतान्त्रिक शक्तिहरूबीचको संघर्ष उत्कर्षमा पुगेको थियो ।

 

२०५० र ६० को दशकमा घिमिरे नेविसंघमा एक सशक्त र वैचारिक नेताको रूपमा स्थापित भए । उनी सधैँ नारा र जुलुस भन्दा माथि उठेका नेता हुन । गहकिलो वैचारिक स्पष्टता र साहसकोे परिचय बनाएका भद्र नेता हुन । २०६२/६३ को आन्दोलनमा नेविसंघको अध्यक्षको रूपमा उनले खेलेको भूमिका अविस्मरणीय छ । त्यसबेला राजनीतिक दलहरू राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गर्ने विषयमा अन्योलमा थिए । तर, घिमिरेको नेतृत्वमा रहेको नेविसंघको केन्द्रीय समितिले पहिलो पटक औपचारिक रूपमा राजतन्त्र हटाउने प्रस्ताव पारित गरेको थियो ।

 

यसरी, घिमिरेको साहासले ठुलो राजनीतिक अन्योलाई निकास दिने मार्ग खोलेको थियो । त्यसपछि, उनलाई तत्कालीन सरकारले राजद्रोहको आरोप लगायो र अन्य तीन विद्यार्थी नेताहरूसँगै उनलाई पक्राउ गर्यो । जेल जीवन र कठोर यातनामा पनि उनी आफ्नो अडानमा अटल रहे । घिमिरेको यही हिम्मत र साहसले उनलाई एक कुनै सम्झौता नगर्ने लोकतान्त्रिक योद्धाको रूपमा स्थापित गर्यो । विद्यार्थी राजनीतिमा सक्रिय हुँदा उनले केवल सत्ता परिवर्तन मात्र नभई शैक्षिक सुधार र सामाजिक न्यायका मुद्दालाई पनि प्राथमिकताका साथ उठाएका थिए ।

 

घिमिरे पार्टीभित्रको वैचारिक विद्रोहका क्यापटेन हुन । निष्ठा र इमान्दारिताका प्रतिक हुन् । यघपी, घिमिरेको राजनीतिक जीवन सधैं सहज थिएन । उनको पार्टीका शीर्ष नेतृत्वसँग फरक मत राख्ने क्षमता बलियो पाटो हो । २०६१ सालमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले नेविसंघको निर्वाचित कार्यसमिति भङ्ग गर्दा घिमिरेले त्यसको कडा विरोध गरे ।

 

उनले भ्रष्टाचार र निरंकुशताको विरुद्ध पार्टीभित्रै मोर्चा बनाएर लड्ने घोषणा गरे । यो घटनाले उनलाई अझ खरो बनायो । उनी पार्टीभित्रको आज्ञाकारी कार्यकर्ता भन्दा माथि उठे । सिद्धान्त र नियमहरूको पालना गर्ने खरो व्यक्तिको पहिचान बनाए ।

 

घिमिरेले पार्टीको १२औं देखि १४औं महाधिवेशनसम्म युवाहरूको प्रतिनिधित्व र पार्टीको आधुनिकीकरणका लागि लगातार दबाब दिए । १४औं महाधिवेशनमा प्रदेश १ को सभापतिमा थोरै मतले पराजित भए पनि उनले आफ्नो विचार र संगठनप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिएनन् । आफ्ना प्रयासलाई निरन्तर र अझ सशक्त रुपमा जारी राखे ।

 

एक वर्षअघिदेखि उनी अझ संगठित रुपमा पार्टी सुधारका लागि काम गरिरहेका थिए । उनले गरिरहेका प्रयास र प्रयत्नमा पार्टी अरु साथीहरु गएको ६ महिना पहिले मात्र एकाकार भए । यसरी वैचारिक शक्ति सञ्चयले नेपाली कांग्रेसकोे विशेष महाधिवेशन गन्यो । जुन प्रयत्नले शानदार वैधता पनि प्राप्त गरिसकेको छ ।

 

यसरी अन्ततः २०८२ सालको विशेष महाधिवेशनले घिमिरेलाई नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित गर्यो, जुन उनको दशकौंदेखिको संघर्ष र वैचारिक अडानको परिणाम थियो ।

बौद्धिक सरलता , स्पष्ट र सन्तुलित दृष्टिकोण

घिमिरेको बौद्धिकता, निष्ठा र सरलताको संयोजन नै राजनीतिक जीवनका बलिया पक्षहरू हुन् । उनी नेपालको समकालीन राजनीतिमा एक बौद्धिक र सरल नेताको रूपमा चिनिन्छन् । यीनै राजनीतिक सबल पक्षहरूले उनलाई अन्य परम्परावादी नेताहरूभन्दा फरक र लोकप्रिय बनाएको हो ।

 

घिमिरे केवल एक वक्ता मात्र नभएर एक गहिरो अध्ययन भएका विचारक पनि हुन् । उनका लेख रचनाहरूमा मानवीय संवेदनशीलता र सामाजिक न्यायको भावना मुखरित भएको पाइन्छ । ‘मृत्युसँगको साक्षात्कार’ नामक कृतिमा उनले जीवनको परम सत्य र समाजप्रतिको दायित्वबोधका बारेमा विस्तृत चर्चा गरेका छन् । यस्तो संवेदनशील विचारधारा भएका व्यक्ति राजनीतिक पदमा पुगे नैतिकताको पुनःस्थापना हुन्छ । यता, राजनीतिलाई समाज सेवा र दर्शनको रूपमा बुझ्ने उनको स्वभाव हो । यसले उनलार्ई राष्ट्रिय मुद्दाहरूमा स्पष्ट र सन्तुलित दृष्टिकोण राख्न मद्दत गरेको छ ।

 

उनको तर्कले भन्छ-लोकतन्त्र केवल एउटा प्रणाली मात्र नभएर यो एक जीवनशैली हो, जहाँ नागरिकका आधारभूत अधिकारहरू सुरक्षित हुनुपर्छ । सबैले न्याय पाउनु प्रर्छ । उनको सबैले न्याय पाउनुपर्छ भन्ने अडानका पछाडिको दार्शनिक महत्व धेरै गहन छ । यसको अर्थ राजनीतिक–आर्थिक न्याय हो । रोजगारीको अवसर हो । मुलुकको आर्थिक समृद्धि हो । सानो ठूलो नभनी कानुनको समान उपयोग हो । अझ महत्वपूर्ण पाटो-समन्यायमा आधारित मानवीय मर्यादाको रक्षा हो ।

 

घिमिरे सुशासन र भ्रष्टाचारविरुद्धको अडान राख्ने खरो नेता हुन् । उनले विद्यार्थी जीवनदेखि नै भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँदै आएका हुन् । उनी पार्टीभित्रका स्वार्थी समूह र भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कारबाही हुनुपर्ने र राजनीतिलाई शुद्ध पार्नुपर्ने अडानमा दृढ छन् । उनी राजनीतिलाई शक्ति आर्जन गर्ने ठाउ बनाउनेका प्रखर बैरी हुन् । र, उनी ठोकुवा गर्छन्रा-जनीति सेवा गर्ने माध्यम हो । उनी आफै उभिएको धरातलको राजनीतिक प्रणालीलाई भ्रष्ट भन्न डराउँदैनन् । र, यसलाई नीतिगत निर्णयबाट सुधार्नुपर्ने विचार दरोसँग राख्तै आएका छन् ।

 

घिमिरेको राजनीतिको अर्को महत्त्वपूर्ण पक्ष भनेको नागरिकको दुःखमा प्रत्यक्ष सहभागी हुनु हो । उनले २०७२ सालमा आएको डरलाग्दो भूकम्पको समयमा धादिङ जिल्लाको बेनीघाटमा चेपाङ समुदायका मानिसहरूको लागि व्यक्तिगत र संस्थागत दुवै तरिकाले घरहरू बनाउन ठूलो भूमिका खेलेका थिए । यस्ता अन्य धेरै उदाहरण छन् । जसले उनलाई नागरिकका समस्यालाई नीति निर्माणको तहबाट समाधान गर्न सक्ने नेताको रूपमा स्थापित गर्यो ।

उम्मेदवारी एक अवसर

घिमिरेको उम्मेदवारी यस्तो अवस्थामा आएको छ, जहाँ विभिन्न राजनीतिक दलहरूका बीचमा कडा प्रतिस्पर्धा छ । यो ठाउँ पहिलेदेखि नै कम्युनिस्ट र मधेशवादी दलहरूको बलियो प्रभाव भएको क्षेत्र मानिन्छ । तर, उनले चुनावी प्रतिस्पर्धाका लागि मोरङ क्षेत्र नम्बर ४ नै रोजे । उनको आत्मविस्वासले यो चुनौतीलाई अवसरमा बदल्छ नै । यो क्षेत्रमा नेपाली कांग्रेसको प्रभाव क्षेत्र पनि हो । यस्तो अवस्थामा पार्टीका महामन्त्रीले उम्मेदवारी दिनु आफैंमा एउटा महत्त्वपूर्ण कुरा हो । उनी आएपछि कांग्रेसका पुराना कार्यकर्ताहरू उत्साहित भएका छन् । नयाँ मतदाताहरूले पनि उनलाई बुझ्ने र जान्ने व्यक्तिको रूपमा हेरेका छन् । अतः हामी सबैका लागि घिमिरेको उम्मेदवारी नयाँ सुरुवातको अवसर हो ।

चुनाव जित्नै पर्ने कारण

यस क्षेत्रमा वर्षायाममा डुबान, रासायनिक मलको कमी, बेरोजगारी लगायतका दर्जनौ समस्या छन् । यस्ता स्थानीय समस्यालाई राष्ट्रिय स्तरमा उठाउन सक्ने क्षमता घिमिरेमा छ । यस क्षेत्रको औद्योगिक विकासको लागि उनको नेतृत्व एकदमै आवश्यक छ । यो पाटोलाई यहाँका नागरिकले राम्रो सँग महसुस गर्नु प्रर्छ । यता, युवा र महामन्त्रीको हैसियतले चुनाव जित्नै प्रर्छ । किन भने, कांग्रेसका महामन्त्रीको रूपमा गुरुराज घिमिरेको जित केवल एकजना व्यक्तिको जित मात्र नभएर यो पार्टी र देशको भविष्य निर्धारण गर्ने महत्त्वपूर्ण आधार पनि हो ।

 

२०८२को पुष २७-२९को मध्यरातिसम्म सम्पन्न भएको काङ्ग्रेसको विशेष महाधिवेशनले पार्टीभित्र नयाँ नियम बसाउन प्रस्ताव पारित गरेको छ । जुन एक व्यक्तिको एक पटक मात्र राष्ट्रपतिको कार्यकालमा रहने, प्रधानमन्त्रीमा दुई कार्यकाल मात्र रहने, मन्त्रीमा तीन कार्यकाल मात्र रहने र सांसदमा चार कार्यकाल मात्र रहने हो । यो नियमलाई कार्यान्वयन गर्न घिमिरले संसदमा प्रवेश गरेर छलफल गराएर लागु गराउनुपर्ने हुन्छ । जितले मात्र यो सुधारवादी योजनालाई कानूनी रूपमा मान्यता दिने छ । जसले नेपालको राजनीतिमा लामो समयदेखि जरा गाडेर बसेको शक्तिको लालसालाई हटाउने छ ।

 

युवा नेता घिमिरेको जितले पार्टीमा नयाँ विचार र सक्रियता ल्याउनेछ । विशेष महाधिवेशनबाट चुनिएका नयाँ नेताहरूलाई नागरिकले समर्थन गरेमात्र पुस्तान्तरण र नेतृत्वले वैधता पाउछ । त्यसैले उनेको जित अनिवार्य छ । उनले नेतृत्व गरेको सुधारवादी समूहले पार्टीलाई परिवर्तन गर्न सुरु गरेको छ ।

 

जसलाई सार्थक बनाउन त्यस क्षेत्रका सबै मतदाताका मतले गहन भुमीका खेल्छ । घिमिरे कांग्रेसभित्रका सिमित नेताले गरेको अधिकारको एकाधिकार विरुद्धका लडाकु हुन । उनले सुधारिएको कांग्रेसको अभियानलाई केवल भाषणमा मात्र सीमित नराखेर काममा गरेर देखाउने छन् । यसै कारणले गर्दा उनलाई जिताउनै प्रर्छ । घिमिरेको आर्दश राजनीतिको अर्को पाटो विधानको सर्वोच्चता र आन्तरिक लोकतन्त्र हो । उनको जितले पार्टीभित्र नियम तोडेर गरिने निर्णयहरूलाई रोक्न र पार्टीभित्रको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँछ ।

 

घिमिरे विशेष महाधिवेशन बोलाउन ५३ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर सङ्कलन गरेर जुन आँट देखाए । नेपाली काङ्ग्रेस जस्तो एकाधिकारबाट चलेको पार्टीमा यो आँट गर्नु र आफ्नो प्रयत्नलाई निष्कर्षमा पुर्याउनु हिमाल बोक्नु बराबरीको चुनौतीलाई पार लगाउनु हो ।

 

त्यसले कांग्रेसभित्र कार्यकर्ताको भावनाको सम्मान हुनुपर्छ भन्ने कुरा स्थापित गरेको छ । घिमिरे सधै आत्मविश्वासका साथ चर्को आवाजमा बोल्थे-“पार्टी भनेको केही नेताहरूको समूह मात्र होइन, यो लाखौं नागरिक, कार्यकर्ता र समर्थकहरूको भावनाको प्रतिनिधित्व हो ।”

 

अब यो आवाजलाई कार्यान्वयनमा ल्याउन पनि मोरङ क्षेत्र नम्बर ४ का आम मतादाताले छातीमा हात राखेर निर्णय लिनुपर्छ र जीवनमा एकपटक घिमिरेलाई अवसर दिनैपछ । यदि तपाईँ चुक्नुभयो भने हाम्रा सपनाहरू फगत मिथकमा परिणत हुनेछन् । सपनालाई साकार पार्न सबैले हातेमालो गरौं ।

घिमिरेको विचारले जोड दिन्छ-आर्थिक रूपमा स्वतन्त्र नभएको लोकतन्त्रको कुनै अर्थ हुँदैन । उनीमा कांग्रेसलाई राजनीतिक परिवर्तन मात्र नभएर आर्थिक विकास, शिक्षा र रोजगारी सिर्जना गर्ने पार्टी बनाउने हुटहुटी छ । मोरङको औद्योगिक इतिहासलाई फेरि जगाउने सपना साँचेका छन् । उनले नेपालले अल्पविकसित राष्ट्रबाट माथि उठ्दा आउने आर्थिक चुनौतीलाई कसरीे सामना गर्ने छ भन्ने बहस छेड्रने छन् ।

 

उनको प्रयास र योजनाले कांग्रेसलाई फेरि एकपटक जनताको विश्वास जित्ने पार्टी बनाउनेछ । त्यसैले, वर्तमानमा हामी चुक्यौँ भने सुरक्षित भविष्यले प्रत्याभूति पाउँदैन ।

 

नागरिकको हित र राष्ट्रिय मुद्दाहरूमा घिमिरेको दृष्टिकोण प्रष्ट छ । धेरैले संघीयतालाई खर्चिलो भन्छन्, तर घिमिरेले यसलाई स्थानीय जनताको अधिकारको रूपमा व्याख्या गरेका छन् । संघीयता भनेको केन्द्रको अधिकार स्थानीय तहसम्म पुर्याउनु मात्र नभएर स्थानीय तहका समस्याहरूलाई राष्ट्रिय स्तरमा उठाउनु पनि हो ।

 

उनले संघीयता कार्यान्वयनमा रहेका कानुनी समस्याहरूलाई समाधान गर्न र निजामती सेवा ऐन, शिक्षा ऐन लगायत सयौं मौजुदा कानुनहरूका साथै आवश्यकता परे संविधानसमेत संशोधन गर्ने जस्ता महत्त्वपूर्ण विधेयकहरू पास गराउने छन् । कृषि क्षेत्रलाई मझौला उद्योगको अवधारणा अनुसार औद्योगिकरण गर्नेछन् । पर्यटन क्षेत्रलाई औद्योगिकरणको फ्रेमवर्कभित्र ल्याउन भगिरथ प्रयास गर्नेछन् । यी प्रयासहरूबाट नतिजा नआएसम्म उनी थाक्ने छैनन् ।

 

नेपालको राजनीतिक प्रणालीमा नीतिगत भ्रष्टाचार नै मुख्य समस्या हो । मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयको आडमा भ्रष्टाचारलाई छुट दिने चलन बन्द हुनु प्रर्छ । घिमिरेको जितले संसदमा भ्रष्टाचारविरोधी कानुनहरू बनाउन र अख्तियार जस्ता संस्थाहरूलाई स्वतन्त्र बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने छ ।

 

नेपाल विविधतापूर्ण भूगोल हो । घिमिरेले समावेशीकरणको अवधारणालाई केवल ‘आरक्षण’को घेरामा सीमित नराखी विकासको मूल आधार बनाउने छन् । मधेसी, दलित एवम् अल्पसंख्यक समुदायहरूको हकअधिकारलाई सुनिश्चित गर्दै राज्यका हरेक संरचनामा उनीहरूको समान सहभागिताका लागि घिमिरे निरन्तर क्रियाशील रहने छन् ।

 

घिमिरेकोे सादा जीवनशैली, बौद्धिक क्षमता र वैचारिक निष्ठाले उनलाई एक विशिष्ट उम्मेदवारको रूपमा उभ्याएको छ । उनको विजयले नेपाली काङ्ग्रेसलाई मात्र नभई सिङ्गो देशको राजनीतिलाई नै नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग गर्नेछ । जनमुखी योजनाहरू र भ्रष्टाचारविरुद्धको अडानले संसदीय प्रणालीलाई अझ बढी उत्तरदायी बनाउनेछ ।

 

अतः मोरङ ४ का मतदाताहरूले एक जनप्रतिनिधि मात्र चयन गर्ने होईन् । यो अवसर देशको राजनीतिलाई सही दिशामा डोहोर्याउने एक जिम्मेवार र जवाफदेही कार्य हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बालेनले लगाएको ‘ट्राउजर भाईरल’ भएपछि विराटनगरमा बनाउन भ्याई नभ्याई

Clock Iconसोमबार, जेठ ११, २०८३

संचालनमा नआउँदै विराटनगरको पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ संकटमा, ईक्रा रेटिङमा झन तल खस्कियो

Clock Iconसोमबार, जेठ ११, २०८३

बैंकका कर्मचारीलाई अतिरिक्त काम नलगाउन राष्ट्र बैंकको निर्देशन

Clock Iconआइतबार, जेठ १०, २०८३

विराटनगरका उधोगी नवीन रिजाल एफएनसीसीआई केन्द्रीय सदस्यमा मनोनित

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

कोशी प्रदेशमा उच्च मूल्य कृषिजन्य वस्तुको उत्पादन र निर्यात प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया सम्पन्न

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

साताको अन्तिम कारोबारमा नेप्से १६ अंकले बढ्यो, कारोबार रकम पनि उकालो

Clock Iconशुक्रबार, जेठ ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka