Premier Cables
Premier Steel

राजनीति

जनादेश स्थायी हुँदैन, राजनीतिक शक्ति समयसँगै फेरबदल हुन्छ : गुरुराज घिमिरे

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ १३, २०८३  | बिहान ११:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे ले राजनीतिक दलहरूले प्राप्त गर्ने जनादेश स्थायी नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री घिमिरेले नेपालको राजनीतिक इतिहासमा जनमत समयअनुसार फेरबदल हुँदै आएको उल्लेख गरे ।

बिज्ञापन

“२०६४ सालमा माओवादीको दिग्विजय भएको भनियो, तर त्यो टिकेन । नेकपाले दुई तिहाइ बहुमत ल्यायो, त्यो पनि टिकेन,” उनले भने, “रास्वपाको अहिलेको अवस्था पनि सधैँ यस्तै रहिरहन्छ भन्ने छैन । राजनीतिक शक्ति र जनादेश समयक्रममा बदलिइरहन्छ । नेपाली कांग्रेसले पनि आरोह–अवरोह पार गरिरहेको छ ।”

उनले नेपाली कांग्रेस अहिले रूपान्तरणको प्रक्रियामा रहेको दाबी गर्दै पार्टीले सबै तहका नेता–कार्यकर्ता र जनतासँग प्रत्यक्ष संवाद गरिरहेको बताए ।

निर्वाचन समीक्षा तथा नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानमार्फत जनतासँग अन्तरक्रिया गरी सुझाव र गुनासा सुन्ने काम भइरहेको उनको भनाइ थियो ।

महामन्त्री घिमिरेले सामाजिक सञ्जाल र प्रविधिको प्रयोगमार्फत कृत्रिम व्यक्तित्व निर्माण गरेर पुराना दलले काम नगरेको भाष्य सिर्जना गरिएको आरोप लगाए ।

“एआई र एल्गोरिदम प्रयोग गरेर पुराना दलले केही काम गरेनन् भन्ने गलत भाष्य बनाइएको छ,” उनले भने, “देशमा धेरै काम भएकै कारण यहाँसम्म आइपुगेको हो । प्रदेश र स्थानीय तहमा पुराना दलकै नेतृत्वमा उल्लेखनीय काम भएका छन् ।”

उनले पुराना दलभित्र केही सीमित नेताको प्रभाव बढेको स्वीकार गर्दै त्यसलाई सुधार गर्ने प्रयास सुरु भइसकेको बताए ।

“पुराना दल केही नेताको मुठीमा पुगेका थिए भन्ने सत्य हो,” उनले भने, “तर त्यसलाई सुधार नगर्ने भन्ने होइन । सुधारको प्रक्रिया सुरु भइसकेको छ ।”

महामन्त्री घिमिरेले नेपालको विकासको आधारशिला पुराना राजनीतिक दलहरूले निर्माण गरेको दाबी गर्दै नेपाली कांग्रेस नयाँ सोच, योजना र दृष्टिकोणसहित आगामी निर्वाचनमा जाने बताए ।

“विकासको आधारशिला पुराना दलले तयार गरेका हुन्,” उनले भने, “कांग्रेस अब नवीन सोच र योजनासहित आगामी चुनावमा सहभागी हुनेछ ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka