विराटनगर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा चुनाव सम्पन्न भएकोमा नेपाली जनता र सरकारलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत नेपालीलाई बधाई दिएका हुन ।
‘‘म नेपालको सफल र शान्तिपूर्ण निर्वाचन सम्पन्न भएकोमा नेपाली जनता र सरकारले हार्दिक बधाई पाउँछन्। नेपाली दिदीबहिनी र दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकार उत्साहपूर्वक प्रयोग गरेको देख्दा निकै खुशी लागेको छ,’’ उनले भनेका छन् ।
बिज्ञापन
यो ऐतिहासिक क्षण नेपालको लोकतान्त्रिक यात्रामा गर्वको क्षण भएको भन्दै मोदीले नजिकको मित्र र छिमेकीका रूपमा भारतले नेपालको जनता र नयाँ सरकारसँग मिलेर साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइमा पुग्ने प्रतिबद्धता निरन्तर राख्ने मोदीले जनाएका छन् ।