Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

फारबेसगंजमा प्रधानमन्त्री मोदीको सम्बोधन : ‘बिहारमा अब जंगल राज सकिएको छ’

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक २०, २०८२  | अपराह्न १:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहारको जोगबनी नजिकैको फारबेसगंज पुगेका छन्। उनले त्यहाँ आयोजित विधान सभा निर्वाचनको सभालाई सम्बोधन गर्दै आफ्नो सरकार जनताको विश्वासका लागि काम गरिरहेको बताएका छन्।

पहिलो चरणको विधानसभा चुनावको सन्दर्भमा आयोजित सभामा हेलिकप्टरमार्फत पुगेका मोदीले फारबेसगंजसहित बिहारका विभिन्न स्थानमा आमसभा सम्बोधन गर्ने कार्यक्रम रहेको बताए।

बिज्ञापन

सभामा उनले युवाहरूलाई उद्दृत गर्दै भने, “तपाईंहरूको सपना नै मेरो संकल्प हो।” मोदीले विगतमा बिहार माओवादी प्रभाव र भ्रष्टाचारले ग्रस्त रहेको बताउँदै अब राज्यमा स्थायित्व र विकासको मार्ग खुल्दै गएको दाबी गरे।

उनले जनताको भविष्यका लागि आफ्नो जीवन समर्पित रहेको उल्लेख गर्दै भने, “भोटको ठूलो शक्ति हुन्छ, त्यसैले जनताको हितमा काम गर्नेहरूलाई रोज्नुपर्छ।”

मोदीले १९९० को दशकमा राष्ट्रिय जनता दल (आरजेडी)को शासनकाललाई “जंगलराज” भन्दै त्यस अवधिमा बिहारले प्रताडना भोगेको टिप्पणी गरे। उनले अहिलेको केन्द्र सरकार बिहारको विकासका लागि निरन्तर प्रतिबद्ध रहेको पनि स्पष्ट पारे। १५ वर्षसम्म आरजेडी राजले बिहारलाई झन पछि पारेको उनको आरोप थियो । मोदी आउने भएपछि नेपाल भारत सीमामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa