Premier Cables
Premier Steel

कोशी प्रदेश

अमनलाल मोदीको कार्यालयमा गुरुराज, “तपाईंहरूलाई पनि शुभकामना छ”

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, फाल्गुण ०५, २०८२  | साँझ ६:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । चुनावी सरगर्मी चुलिँदै जाँदा मोरङको बेलबारी नगरपालिका–कसेनी चोकमा मंगलबार दिउँसो देखिएको एउटा दृश्यले धेरैलाई अचम्मित बनायो। प्रतिस्पर्धी दलका उम्मेदवारहरू आमनेसामने हुँदा तिक्तता देखिने राजनीतिक संस्कृतिका बीच फरक दृश्य देखियो—हातेमालो, मुस्कान र शुभकामनाको आदानप्रदान।

नेपाली कांग्रेसका उम्मेदवार गुरुराज घिमिरे कोणसभा सकाएर अर्को गाउँतर्फ लाग्दै थिए। कार्यकर्ताहरूको भीड, नाराबाजी र चुनावी जोशबीच एक जना क्रियाशील सदस्यले उनलाई आफ्नो घरमा पस्न आग्रह गरे। घिमिरे बिना हिचकिचाहट कसेनी चोकबाट पश्चिमतिर मोडिए र ती सदस्यको घरमा पुगे।

बिज्ञापन

तर, त्यो घर केवल कांग्रेस समर्थकको घर मात्र थिएन। त्यही घरमा नेकपाका उम्मेदवार अमनलाल मोदीको चुनावी सम्पर्क कार्यालय सञ्चालनमा थियो।

घरभित्र प्रवेश गरेलगत्तै क्रियाशील सदस्यले घिमिरेको गलामा रुद्राक्षको माला लगाइन् र विजयको शुभकामना दिइन्। वरिपरि नेकपाका स्थानीय नेता–कार्यकर्ता उभिएका थिए। उनीहरू आश्चर्यचकित भावमा त्यो दृश्य हेरिरहेका थिए।

माला र शुभकामना ग्रहण गरेपछि घिमिरे सीधै नेकपाको सम्पर्क कार्यालयतर्फ लागे। भित्र पुगेपछि उनले त्यहाँ उपस्थित नेता तथा कार्यकर्तासँग हाँस्दै हात मिलाए। वातावरण केही क्षणका लागि चुनावी प्रतिस्पर्धाभन्दा माथि उठेको देखिन्थ्यो।

“तपाईंहरूलाई पनि शुभकामना छ है,” उनले मुस्कुराउँदै भने।

त्यसपछि उनी सहज ढंगले बाहिरिए र आफ्नो चुनावी यात्रालाई निरन्तरता दिए।

राजनीतिक मतभेदबीच पनि आपसी सम्मान र सहिष्णुताको सन्देश दिने यो दृश्य कसेनी चोकका बासिन्दाका लागि दिनभरको चर्चाको विषय बन्यो। चुनावी मैदानमा प्रतिस्पर्धा तीव्र भए पनि व्यक्तिगत सम्बन्ध र सामाजिक सद्भाव अझै बाँकी रहेको संकेत उक्त घटनाले दिएको स्थानीयको भनाइ छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa