Premier Cables
Premier Steel

कोशी प्रदेश

‘कांग्रेसको प्रधानमन्त्री गगन थापा नै हुन्, अरूले किन प्रचार गरे थाहा छैन’– महामन्त्री घिमिरे

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, माघ २३, २०८२  | बिहान ९:५४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री तथा मोरङ क्षेत्र नं. ४ का उम्मेदवार गुरुराज घिमिरेले चुनावपछि कांग्रेस नेतृत्वमा सरकार गठन भए प्रधानमन्त्री गगन थापा नै हुने स्पष्ट पारेका छन्।

विराटनगरमा क्रियाशील विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूसँगको छलफलमा घिमिरेले डा. शेखर कोइरालालाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै गरिएको प्रचार पार्टीको आधिकारिक निर्णयविपरीत रहेको बताए। उनका अनुसार पार्टी संसदीय बोर्डले गगन थापालाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ।

बिज्ञापन

“शेखर दाइले कुन आधारमा त्यस्तो भन्नुभएको हो वा प्रचार गरिएको हो, त्यो उहाँकै विषय हो,” घिमिरेले भने, “तर पार्टी संसदीय बोर्डको निर्णय अनुसार प्रधानमन्त्री गगन थापा नै हुनेछन्।” यसअघि कोइरालाको निजी सचिवालयबाट उनले सरकारको नेतृत्व गर्ने भन्दै प्रचार गरिएको थियो।

घिमिरेले कांग्रेस नेतृत्व परिवर्तनसहित रूपान्तरणको बाटोमा अघि बढेर चुनावमा होमिएको उल्लेख गर्दै जनमत सकारात्मक बन्दै गएको दाबी गरे। विगतझैँ उम्मेदवारहरूले एकअर्कामाथि प्रश्न उठाउने अवस्था अहिले नरहेको र पार्टीका भातृ संगठनहरू एकताबद्ध भएको उनले बताए।

उनले नयाँ दलहरूप्रति देखिएको आकर्षण अस्थायी हुन सक्ने टिप्पणी गर्दै भने, “नयाँमा केही आकर्षण देखिए पनि पुरानाको गुणवत्ता बलियो हुन्छ। कतिपय नयाँ दलमा राजनीतिक योगदान, भविष्य र स्पष्ट दिशाबिनाका शक्तिहरू सक्रिय छन्। लोकरिझ्याइमा रमाउनेहरूले संकट औंल्याउँछन्, तर समाधान के हो भन्ने बताउन सक्दैनन्।”

आउँदो पुस्ताले गर्व गर्न सक्ने मानक स्थापित गर्न कांग्रेस तयार रहेको बताउँदै घिमिरेले त्यसका लागि पार्टीभित्र विद्रोह र विशेष महाधिवेशनसम्म भएको स्मरण गराए। “जनआन्दोलन त्यसको प्रेरणा बन्यो,” उनले भने, “समाज विभाजित छ, मतदातामा अन्योल छ—के गर्ने, कसलाई मत दिने भन्ने द्विविधा छ। पार्टी र आस्था नबदल्नेबाहेकका मतदातामा निराशा र वितृष्णा देखिन्छ, जसलाई हामी गम्भीर रूपमा लिएका छौं।”

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka