Premier Cables

राजनीति

जिल्लामा उमेदवारको लर्को, धेरै कहाँ कम कता ?

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, माघ १५, २०८२  | बिहान ११:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ सबैभन्दा बढी उम्मेदवारी काठमाडौं जिल्लामा परेको छ। १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा राजनीतिक दल र स्वतन्त्र गरी कुल २५० जनाले उम्मेदवारी दर्ता गरेका छन्।

देशभरका १६५ निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि कुल ३ हजार ४०६ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगको तथ्याङ्क छ। तीमध्ये ३ हजार १७ जना पुरुष, ३८८ जना महिला र १ जना अन्य समूहका उम्मेदवार छन्। औसतमा प्रति निर्वाचन क्षेत्रमा २०.६४ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।

विज्ञापन

आयोगका अनुसार सबैभन्दा बढी उम्मेदवारी पर्ने शीर्ष १० जिल्लामा काठमाडौं अग्रस्थानमा छ। त्यसपछि धनुषा, रौतहट, महोत्तरी, सिराहा, सर्लाही, सुनसरी, मोरङ र बारा रहेका छन्। काठमाडौंमा २५०, धनुषामा १५८, रौतहटमा १४२, महोत्तरीमा १३९, सिराहामा १३८, सर्लाहीमा १३१, सुनसरी, मोरङ र बारामा समान ११०–११० जनाले उम्मेदवारी दिएका छन्।

सबैभन्दा बढी उम्मेदवारी पर्ने १० जिल्लामध्ये काठमाडौं बाहेक सबै तराई–मधेश क्षेत्रका जिल्ला छन्। यसविपरीत, सबैभन्दा कम उम्मेदवारी हिमाली तथा उच्च पहाडी जिल्लामा परेको छ। मनाङमा सबैभन्दा कम तीन जनाले मात्र उम्मेदवारी दिएका छन्।

कम उम्मेदवारी पर्ने अन्य जिल्लामा हुम्ला, मुगु र बझाङ (७–७ जना), बाजुरा र मुस्ताङ (८–८ जना), डोल्पा र डोटी (९–९ जना), कालिकोट र जुम्ला (१०–१० जना) रहेका छन्।

प्रतिनिधिसभा निर्वाचनमा १२ जिल्लामा एक सयभन्दा बढी उम्मेदवारी परेको आयोगले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka