Premier Cables
Premier Steel

कोशी प्रदेश

विराटनगरमा एकछिन बसेर काठमाडौँ फर्किए बालेन

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, माघ १०, २०८२  | साँझ ६:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) चुनावी अभियानका क्रममा झापा पुगेपछि काठमाडौँ फर्किएका छन्।

झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गर्न पुगेका बालेन आज साँझ विराटनगर विमानस्थलबाट काठमाडौँका लागि प्रस्थान गरेका हुन्।

बिज्ञापन

यसअघि विराटनगरस्थित विमानस्थल नजिकैको पर्पल हेज होटलमा मोरङका उम्मेदवार तथा पार्टी प्रतिनिधिसँग छलफल भइरहँदा उनका समर्थकको उल्लेख्य भीड होटल अगाडि देखिएको थियो। उनको समर्थनमा नारा लगाइएको थियो । बालेनलाइ हेर्ने सर्वसाधारणको घुइँचाे नै लागेको थियो ।

पाथीभरा दर्शनका लागि ताप्लेजुङ पुगेका बालेन त्यहाँबाट फर्किएपछि धनकुटा पुगेका थिए। तर धनकुटा र विराटनगर दुवै स्थानमा उनले कार्यकर्ता तथा समर्थकलाई औपचारिक रूपमा सम्बोधन भने गरेनन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka