काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेर एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न लागेका बालेन्द्र साह यतिबेला चर्चाको केन्द्रमा छन्।
उनको उम्मेदवारीसँगै सामाजिक सञ्जाल र विभिन्न मिडियाले बालेन साहका गतिविधिलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गर्न थालेका छन्। उनी कहाँ जाँदैछन्, के गर्दैछन् भन्ने विषयदेखि लिएर खाना खाएको, गिटार बजाएको, खिर खाएको वा थकाइ मार्दै बसेको जस्ता सामान्य क्रियाकलापसमेत सामाजिक सञ्जालमा व्यापक रूपमा प्रचार भइरहेको छ।
यसले बालेन साहका साना–साना गतिविधिहरू पनि अत्यधिक हाइलाइट हुँदै सामाजिक सञ्जालमा चर्चा र बहसको विषय बन्न थालेको देखिन्छ।