Premier Cables
Premier Steel

कोशी प्रदेश राजनीति विराटनगर

कोसीको नीति कार्यक्रममा विपक्षी दलको टिप्पणी : हाम्रो मुख थुन्न खोजेको हो ?

कर्मकाण्डी र पूरा नहुने योजना ल्याएको आरोप

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar मंगलबार, जेठ ०६, २०८२  | साँझ ५:४२ बजे

विराटनगर । कोसी सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विपक्षी दलले कडा आलोचना र टिप्पणी गरेका छन् ।

सोमबार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसमाथि मंगलबारबाट छलफल शुरु भएको हो ।
छलफलमा नेकपा माओवादी केन्द्र कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारको कामप्रति प्रश्न गर्दा मुख थुन्न खोजिएको बताए । विपक्षीले सरकारसँग प्रश्न गर्ने र त्यसको जवाफ सरकारकै तर्फबाट आउनु पर्ने बताउँदै भने, “२०८२ सम्म नै मिलेर खानुहोस् । विपक्षी डराउँछ भन्ने सोच्दै नसोच्नु होला । देखिएका समस्याको प्रश्न उठाएको हो ? के संसद प्रश्न उठाउनै नपाउने ठाउँ हो ? प्रश्न उठाउनेलाई सत्तारुढ दलका सांसद मिलेर मुख थुन्न खोजेको हो ?”

बिज्ञापन

उनले सरकारलाई राम्रो काम गर्न सुझाव दिने तर मुख्यमन्त्री बन्छु भनेर पर्खिएका हरुको जवाफ नखोजेको सुनाए । “संसदले भोलिको सरकार देख्दैन । अहिलेको सरकारले जवाफ दिनुपर्छ । सरकारलाई सोधेको जवाफ सरकारले दिनुपर्छ । पर्खिरहेको मुख्यमन्त्रीले होइन । गम्भीरता पूर्वक सरकारलाई कुरा राख्ने हो,” उनले भने ।

नीति कार्यक्रमले धेरै क्षेत्रलाई समेट्न खोजेको तर सिङ्गो प्रदेशको प्राथमिकता निर्धारण हुन नसकेको टिप्पणी गरे । जीडीपी बढाउने, आर्थिक वृद्धिदर सुधार गर्ने र गरिबी न्युनीकरण गर्ने योजना सरकारसँग नभएको उनले बताए ।

नीति कार्यक्रमले असफल र केही विवादास्पद योजना पनि अघि सारेको बताए । कार्यान्वयन नभएको मुख्यमन्त्री ड्यास बोर्ड र म अघि बढ्छु कार्यक्रम त्यसकै उदाहरण भएको सुनाए । उनले भने,“केचनादेखि सगरमाथासम्म द्रूत मार्ग, रेल र सुरुङ मार्ग पनि कार्यान्वयन नै नहुने योजना हुन ।”

माओवादी केन्द्र प्रमुख सचेतक गीता तिम्सिनाले नीति तथा कार्यक्रममाथि मुख्यमन्त्रीलाई दिइएको सुझाव सरकारले नसमेटेको बताइन् । राप्रपा सांसद प्रेमराज थाम्सुहाङले नीति तथा कार्यक्रमले जनअपेक्षा पूरा गर्ने नदेखेको बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka