आज सार्वजनिक बिदा,राष्ट्रपतिद्वारा पृथ्वीनारायणको शालिकमा माल्यार्पण
आइतबार, पुष २७, २०८२ |
बिहान १०:१९ बजे
काठमाडौं । राष्ट्रिय एकता दिवसको अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ।
३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन्।
बिज्ञापन
राष्ट्रपति पौडेल कार्यक्रम स्थलमा पुग्दा नेपाली सेनाको एक टुकडीले सम्मानस्वरूप सलामी अर्पण गरेको थियो। उक्त कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।
हरेक वर्ष पुस २७ गते मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको राष्ट्रनिर्माणमा पुर्याएको योगदानको स्मरण गरिन्छ। यस वर्ष पनि देशभर विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ।