Premier Cables
Premier Steel

राजनीति

रवि-बालेन सहमति: रास्वपाको सभापति रवि, प्रधानमन्त्रीको उम्मेदवार बालेन

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, पुष १३, २०८२  | बिहान ८:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ। आइतबार पुस १३ गते बिहान भएको सहमतिपत्रमा रास्वपा सभापति रवि लामिछाने र मेयर शाहले हस्ताक्षर गरेका हुन्।

सहमतिअनुसार एकीकरणपछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ भने चुनाव चिह्न घण्टी कायम हुनेछ। पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाह रहने सहमति भएको छ।

बिज्ञापन

दुवै नेताले नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध सञ्चालन गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा सहिद परिवारका मागहरू यथोचित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

त्यसैगरी समुन्नति र सामाजिक न्याय हासिल गर्न आवश्यक गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक विकास र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्र इमान्दारीपूर्वक कार्यान्वयन गर्ने सहमति पनि भएको छ।

एकतापछि पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकार भित्र निलो घण्टीको आकृतिसहित रहने, चुनाव चिह्न घण्टी नै हुने तथा केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमति भएको छ।

पार्टीको संगठनात्मक संरचनालाई अझ सक्षम र व्यापक बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई समुचित रूपमा समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानिने उल्लेख गरिएको छ।

यस सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी आवश्यक दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने सहमति पनि भएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka