Premier Cables
Premier Steel

राजनीति

प्रधानमन्त्री बालेन्द्र शाह टाइमको प्रभावशाली १०० सूचीमा

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख ०३, २०८३  | बिहान ९:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको प्रतिष्ठित टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्।

सन् २०२६ को सूचीमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि चीनका राष्ट्रपति सी चिनफिङसम्म समावेश छन्। यस सूचीअन्तर्गत विश्वभरबाट २५ जना नेताहरू छनोट गरिएको छ।

बिज्ञापन

३५ वर्षीय शाह फागुन २१ मा सम्पन्न निर्वाचनमा विजय हासिल गर्दै नेपालको प्रधानमन्त्री बनेका हुन्। टाइमले उनको जितलाई विशेषगरी युवापुस्ताको व्यापक समर्थन र अघिल्लो वर्ष भएको जनआन्दोलनको प्रभावसँग जोडेर विश्लेषण गरेको छ।

टाइमका एडिटर-एट-लार्ज चार्ली क्याम्पबेलले लेखेको प्रोफाइलमा शाहको उदयलाई युवाहरूको राजनीतिक परिवर्तनको लहरको प्रतीकका रूपमा चित्रण गरिएको छ।

परम्परागत र वंशवादी राजनीतिप्रति असन्तुष्ट जनताको समर्थनले उनलाई राष्ट्रिय नेतृत्वसम्म पुर्‍याएको उल्लेख गरिएको छ।

राजनीतिमा प्रवेश गर्नु अघि हिप–हप कलाकारका रूपमा परिचित शाहले काठमाडौं महानगरपालिकाको मेयर हुँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन उल्लेखनीय पहल गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

भ्याट बिललाई लट्री टिकट बनाउने सरकारको योजना, दैनिक लखपति बनाइने

Clock Iconआइतबार, जेठ १७, २०८३

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३

सुनमा भन्सार बढ्दा मूल्य तोलामा १५ हजारसम्म महँगिने

Clock Iconशुक्रबार, जेठ १५, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka