Premier Cables

राजनीति

प्रधानमन्त्री शाहको आग्रह : ‘जेनजी सांसदले आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ’

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ०२, २०८३  | साँझ ५:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदलाई नवीन सोचका साथ आफैँ उदाहरण बनेर आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार आयोजित अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन भूमिका खेल्न सांसदलाई आग्रह गरे।

विज्ञापन

उनले त्यसका लागि स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने तथा पुराना र अव्यावहारिक सोच त्याग्न सुझाव दिए।

प्रधानमन्त्री शाहले राजनीतिलाई पेसा वा आम्दानीको माध्यम नबनाई छुट्टै व्यावसायिक आधार तयार गर्न पनि सांसदलाई आग्रह गरे। सांसदको जिम्मेवारी सकिएपछि आम्दानीको स्रोत नहुने अवस्था आउन नदिन अहिलेदेखि नै व्यवसाय सुरु गर्नुपर्ने उनको भनाइ थियो।

अन्तरक्रियामा सहभागी जेनजी उमेरका सांसदले प्रधानमन्त्री शाहको आग्रहलाई मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा लाग्ने प्रतिबद्धता जनाएका छन्।

उनीहरूले जेनजी आन्दोलनका सहिद तथा घाइते, आन्दोलनका क्रममा पक्राउ परेका व्यक्ति, कानुन निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सूचना प्रविधि तथा आफ्ना निर्वाचन क्षेत्रका विभिन्न विषय प्रधानमन्त्रीसमक्ष राखेका थिए।

अन्तरक्रियामा बब्लु गुप्ता, खिमा विक, पुष्पाकुमारी चौधरी, श्रद्धा कुँवर क्षेत्री, स्मृति सेञ्चुरी, शिवशङ्कर यादव, केपी खनाल, मनिष खनाल, पुरुषोत्तम शुप्रभात यादव, सुलभ खरेल र प्रशान्त उप्रेती सहभागी थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka