Premier Cables
Premier Steel

कोशी प्रदेश

विधार्थी निलम्बन विरुद्ध मनमोहन प्राविधिक विश्वविद्यालयमा तालाबन्दी

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, पुष ११, २०८२  | अपराह्न १२:३३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालय परिसर बाहिर छात्रामाथि अभद्र व्यवहार गरेको आरोपमा चार जना विद्यार्थी निलम्बनमा परेपछि क्याम्पसमा तनावको अवस्था सिर्जना भएको छ।

निलम्बनको विरोधमा विद्यार्थीहरूले शुक्रबार बिहानदेखि प्रदर्शन गर्दै कलेजको मुख्य गेटमा तालाबन्दी गरेका छन्।

बिज्ञापन

विश्वविद्यालय प्रशासनले प्रारम्भिक छानबिनका क्रममा अनुशासन उल्लङ्घन भएको देखिएकाले निष्पक्ष अनुसन्धानलाई सहज बनाउन चार विद्यार्थीलाई अस्थायी रूपमा निलम्बन गरिएको जनाएको छ। छानबिन समितिको प्रतिवेदन आएपछि थप निर्णय गरिने प्रशासनको भनाइ छ।

तर विद्यार्थीहरूले प्रशासनको निर्णय एकपक्षीय र हतारमा गरिएको आरोप लगाउँदै विरोध जनाएका छन्। उनीहरूले छानबिन प्रक्रिया पारदर्शी हुनुपर्ने, दोष प्रमाणित नभएसम्म निलम्बन फिर्ता लिनुपर्ने तथा संवादमार्फत समस्या समाधान गर्नुपर्ने माग राखेका छन्। मुख्य गेटमा तालाबन्दी गरिँदा शैक्षिक गतिविधि प्रभावित भएका छन्।

यसैबीच, विश्वविद्यालय प्रशासनले क्याम्पसमा शान्ति–सुरक्षा र पठनपाठनको वातावरण कायम राख्न वार्ताको आह्वान गरेको छ। कानुन र संस्थागत आचारसंहिताअनुसार अघि बढ्ने स्पष्ट पार्दै आन्दोलनका कारण उत्पन्न परिस्थितिबारे सरोकारवाला निकायसँग समन्वय भइरहेको जनाएको छ।

स्थानीय तह र अभिभावकहरूले दुवै पक्षलाई संयम अपनाई संवादमार्फत समाधान खोज्न आग्रह गरेका छन्। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको विश्व विद्यालयले जनाएको छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka