Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसीका पूर्वमुख्यमन्त्रीको प्रश्न : मनमोहन विश्वविद्यालय कि भ्रष्टाचारी उत्पादनकाे थलाे ? छानबिन गरियोस्

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार १२, २०८२  | अपराह्न ३:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उत्कृष्ट व्यवस्था ल्याएपनि सीमित मानिसले हालीमुहाली गर्ने प्रवृत्ति बढ्दै गएको बताएका छन् । कोसी प्रदेश सभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै कार्कीले माटोका छाना र पर्खाल भएका मानिसलाई बजेटले समेट्यो कि समेटेन भन्दै प्रश्न गरे ।

कार्कीले प्रदेश सरकारले संचालन गरेको मनमोहन प्राविधिक विश्वविद्यालयका बेथितिबारे सरकार गम्भीर बन्नुपर्ने माग गरे । त्यहाँ चालकले लेखा फाँटको जिम्मेवारी सम्हाल्ने गरेको पाइएको भन्दै कार्कीले मनमोहन जस्ता उच्च नेताको नाममा चलेको विश्व विद्यालयमा विकृति बढेको बताए । भने,‘यो प्राविधिक विश्वविद्यालय हो कि पार्टी विश्वविद्यालय ?’ उनले विश्वविद्यालयको बेथिति बढ्दासमेत प्रदेश सरकारले चासो नदिनु लज्जाको विषय भएको भन्दै सदनमा सरकारको ध्यानाकर्षण गराए । उनले भने,‘जुनसुकै सरकार आएपनि बजेट त विश्व विद्यालयले पायो विकृति हटाएर सुधार गर्नैपर्छ । सुधार नगरी उकास्ने गरेमात्र हुन्न । पैसा लुट्ने जस्तो विश्वविद्यालय बन्नु हुन्न । संगठिन सदस्यको मात्र हालीमुहाली हुने हो ।’ वपी प्रतिष्ठानमा जुनसुकै विचारधाराका पनि अवसर पाएको बताए । ‘मनमोहनलाई हामीले पैसा दिन्छौ तर सरकारको निर्णयमा नहुने भन्ने छ,’ उनले भने ।

बिज्ञापन

मनमोहनको भित्रको व्यवस्था लगभग डिजल्भ हुने अवस्थामा पुगेको भन्दै उनले सुधार नगरी उकास्ने मात्र हो भने पैसा डुब्ने विश्व विद्यालय बन्ने दक्ष जनशक्तिको साटो भ्रष्टारी उत्पादन गर्ने थलो हुने बताए । मनमाेहनमा काेसी सरकारले १४ कराेड रूपैयाँ बजेट विनियाेजन गरेकाे छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka