Premier Cables

विराटनगर

विराटनगरमा ‘सिने सूत्र’ सञ्चालनमा, अल्ट्रा डान्स स्टुडियोको पनि उद्घाटन

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज ०७, २०८३  | साँझ ६:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर | विराटनगरको महेन्द्र चोकमा चलचित्र बिटमा समाचार प्रकाशन गर्ने नयाँ सञ्चार गृह ‘सिने सूत्र’ सञ्चालनमा आएको छ। सोमबार विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सञ्चार गृहको उद्घाटन गरेका हुन्।

सञ्चार गृहसँगै सञ्चालनमा ल्याइएको ‘अल्ट्रा डान्स स्टुडियो’को समेत प्रमुख कोइरालाले उद्घाटन गरेका छन्।
सोमबार आयोजित समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सुशीला पाठक, चलचित्र पत्रकार संघ कोशी प्रदेशका अध्यक्ष वीरेन्द्र साहलगायत अतिथिहरूको उपस्थितिमा दुवै संस्थाको उद्घाटन गरिएको हो।
विराटनगरसहित कोशी प्रदेशभर हुने चलचित्रसँग सम्बन्धित गतिविधि तथा विषयवस्तुलाई देशभरका दर्शकमाझ पुर्‍याउने उद्देश्यले ‘सिने सूत्र’ सञ्चालनमा ल्याइएको हो। यो विराटनगरमा चलचित्र बिटमा समाचार प्रकाशन गर्ने पहिलो अनलाइन सञ्चार माध्यम भएको सञ्चालकको दाबी छ।

विज्ञापन

कला क्षेत्रसँग सम्बन्धित ‘अल्ट्रा डान्स स्टुडियो’ले नयाँ प्रतिभालाई अवसर दिने उद्देश्य राखेको सञ्चालक विकल श्रेष्ठले बताए। चलचित्र र नृत्य क्षेत्रलाई एकै ठाउँबाट प्रवर्द्धन गर्ने उद्देश्यले दुवै संस्थालाई एकै स्थानमा सञ्चालनमा ल्याइएको उनले बताए।
डान्स स्टुडियोमा विभिन्न विधाका नृत्य सिक्नका लागि भर्ना खुला गरिएको श्रेष्ठले जानकारी दिए। इच्छुकले स्टुडियोमा सम्पर्क गरी भर्ना लिन सक्ने उनले बताए।

श्रेष्ठका अनुसार देशमा स्थापित तथा अनुभवी प्रशिक्षकमार्फत विभिन्न प्रकारका नृत्य प्रशिक्षण प्रदान गरिनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka