Premier Cables
Premier Steel

विराटनगर

रोटरी क्लब अफ विराटनगर डाउनटाउन सम्मानित

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष ०२, २०८२  | साँझ ६:१७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगरस्थित बाखरी आधारभूत विद्यालयले विगत एक दशकदेखि निरन्तर शैक्षिक तथा सामाजिक सहयोग पुर्‍याउँदै आएको योगदानको कदर गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउनलाई सम्मान गरेको छ।

विद्यालयको वार्षिक उत्सवको अवसरमा आज आयोजित भव्य कार्यक्रममा अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थितिमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष गिरीजा सारडालाई विशेष रूपमा सम्मान–पत्र प्रदान गरिएको हो।

बिज्ञापन

कार्यक्रममा विद्यालय प्रशासनले रोटरी क्लबले पछिल्ला दस वर्षमा शिक्षा, सरसफाइ, विद्यार्थी कल्याण तथा समग्र विद्यालय विकासका क्षेत्रमा पुर्‍याएको सहयोग अत्यन्त प्रशंसनीय रहेको उल्लेख गर्दै आभार व्यक्त गर्‍यो। अध्यक्ष सारडाले पनि विद्यालयसँगको सहकार्यलाई गौरवको विषय बताउँदै भविष्यमा समेत सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उक्त सम्मान कार्यक्रमले विद्यालय–समुदाय सहकार्यलाई थप सुदृढ बनाएको सहभागीहरूको भनाइ थियो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka