Premier Cables
Premier Steel

विराटनगर

डाउनटाउनद्वारा ‘स्किल ब्रु नेपाल’ बारिस्टा तालिम सम्पन्न

Calendar बिहिबार, माघ ०८, २०८२  | साँझ ४:३१ बजे

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा सञ्चालन गरिएको ‘Skill Brew Nepal’ बारिस्टा तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

करिब डेढ महिनाको सैद्धान्तिक तथा व्यवहारिक तालिम र त्यसपछिको एक महिनाको इन्टर्नसिप सहित सम्पन्न भएको यस कार्यक्रममा पाँच जना प्रशिक्षार्थीहरू सहभागी थिए।

तालिम अवधिमा सहभागीहरूलाई कफीसम्बन्धी आधारभूत ज्ञान, कफी बिन्सको पहिचान, मेसिन सञ्चालन, विभिन्न प्रकारका कफी तयारी, स्वच्छता तथा ग्राहक सेवासम्बन्धी व्यावसायिक सीप प्रदान गरिएको थियो। इन्टर्नसिप अवधिमा सहभागीहरूले कफी शपमा प्रत्यक्ष कार्य अनुभवसमेत प्राप्त गरे।
कार्यक्रमका बारेमा बोल्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष गिरिजा सारडाले युवाहरूलाई रोजगारीमुखी सीपमार्फत आत्मनिर्भर बनाउने र समुदायमा आर्थिक सशक्तिकरण ल्याउने रोटरीको लक्ष्य अनुरूप ‘Skill Brew Nepal’ सञ्चालन गरिएको बताइन्।

उनले यस्ता सीपमूलक तालिमले युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन्।

तालिम सफलतापूर्वक सम्पन्न भएसँगै सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ।

क्लबले आगामी दिनमा पनि समुदाय केन्द्रित सीप विकास कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka