Premier Cables
Premier Steel

विराटनगर

नेत्र ज्योति–आँखाको परीक्षण तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, मंसिर २७, २०८२  | साँझ ६:१४ बजे
Hamro Biratnagar Headlines

विराटनगर ।‌ विराटनगर–५ स्थित मानव सेवा आश्रममा आज “नेत्र ज्योति” आँखाको परीक्षण तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त शिविर रोटरी क्लब अफ विराटनगर डाउनटाउन र रामलाल गोल्छा आँखा अस्पतालको सहकार्यमा आयोजना गरिएको हो।

बिज्ञापन

शिविरमा ८१ जनाको आँखाको परीक्षण, निःशुल्क औषधि वितरण, निःशुल्क चस्मा तथा आवश्यक परीक्षण गरिएको थियो। साथै, १६ जनाको मोतियाबिन्दु शल्यक्रिया गरिनुका साथै शल्यक्रियापछि आवश्यक औषधि र परीक्षणहरू पनि निःशुल्क उपलब्ध गराइयो।

कार्यक्रममा बोल्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रोटेरियन गिरिजा सार्डाले शिविर अत्यन्त सफल भएको बताउँदै, प्राविधिक सहयोग मात्र नभई सेवामा सहयात्री बनेकोमा रामलाल गोल्छा आँखा अस्पतालको सम्पूर्ण टोलीप्रति कृतज्ञता व्यक्त गरिन् ।

शिविरमा रोटेरियन स्नेहा अटेल, रोटेरियन प्रभाती रिजाल, रोटेरियन मंजु अग्रवाल र रोटेरियन कुसुम चेनवालाको सक्रिय सहभागिता रहेको थियो। साथै, यस सेवाका लागि निःशुल्क २०० थान चस्मा उपलब्ध गराएर सहयोग पुर्‍याउनु भएका श्री नीरज शाहीलाई विशेष सम्मान पनि गरिएको थियो।

यस किसिमका सेवामूलक कार्यक्रमले समाजका असहाय तथा आवश्यकता भएका व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास आयोजक संस्थाले व्यक्त गरेको छ।

Oplus_16908288

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka