Premier Cables
Premier Steel

विराटनगर

रोटटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा खेलकुद सामग्री वितरणको तेस्रो चरण सम्पन्न

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर २८, २०८२  | साँझ ७:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिराटनगर । रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले विद्यालयस्तरमा खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आज खेलकुद सामग्री वितरणको तेस्रो चरण सम्पन्न गरेको छ।

यस चरण अन्तर्गत जनता आधारभूत विद्यालय, बिराटनगर–१८ र महामाया भगवती आधारभूत विद्यालय, बिराटनगर–१६ मा खेलकुद सामग्री वितरण गरिएको हो।

बिज्ञापन

तेस्रो चरणमा पनि अघिल्ला चरणसरह विद्यालयहरूलाई ब्याडमिन्टन र्‍याकेट तथा नेट, भलिबल र भलिबल नेट, फुटबल, स्किपिङ रोप, लुडो, क्यारम बोर्ड, क्यारम गोटी तथा स्ट्राइकर सेट, क्रिकेट ब्याट, स्टम्प र क्रिकेट बल जस्ता सामग्रीहरू प्रदान गरिएको थियो।

रोटरी क्लबकी अध्यक्ष रोटेरियन गिरिजा सारडाले यस परियोजनाको उद्देश्य विद्यार्थीहरूको शारीरिक तन्दुरुस्ती, खेलप्रतिको रुचि तथा समग्र व्यक्तित्व विकासमा योगदान पुर्‍याउनु रहेको जानकारी दिइन्।

खेल सामग्री प्राप्त गरेपछि दुवै विद्यालयका विद्यार्थीहरू निकै उत्साहित र खुसी देखिन्थे।

रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले समुदाय–केन्द्रित शैक्षिक तथा सामाजिक कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa