Premier Cables
Premier Steel

विराटनगर

जहदाका बाढी पीडितलाई रोटरी विराटनगर डाउनटाउनद्वारा राहत वितरण

Calendar बुधबार, असोज २२, २०८२  | बिहान ९:४९ बजे

विराटनगर । जहदा गाउँपालिकाको धोनीस्थित जनता आधारभूत विद्यालयमा रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले बाढीपीडित ७० परिवारलाई राहत सामग्री वितरण गरेको छ।

राहतका रूपमा चिउरा, भुजा, सोया चङ्क्स, नुडल्स, बिस्कुट, स्न्याक्स र साबुन लगायतका अत्यावश्यक खाद्य तथा सरसफाइ सामग्रीहरू वितरण गरिएको हो। कार्यक्रमको उद्देश्य बाढीबाट प्रभावित परिवारहरूलाई तत्काल राहत पुर्‍याउनुका साथै समुदायमा सहयोग र सहानुभूतिको भावना सुदृढ गर्नु रहेको थियो।

बिज्ञापन

कार्यक्रमको नेतृत्व क्लबकी अध्यक्ष रोटेरियन गिरीजा सारडाले गरेकी थिइन । उक्त अवसरमा सरिता गोल्छा, दीप्ति टोडी, पूनम राठी, मधु काबरा र अर्चना तापरिया उपस्थित रहेका थिए ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले यस विद्यालय र समुदायमा तीन महिनाको प्रौढ साक्षरता कार्यक्रम पनि सञ्चालन गरिरहेको छ, जसले महिलाहरूलाई पढ्ने, लेख्ने र आधारभूत गणना गर्ने सीप प्रदान गर्दै सशक्त बनाइरहेको छ।

स्थानीय बासिन्दाहरूले रोटरी क्लबको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै, यस प्रकारका मानवीय र शैक्षिक पहलले गाउँमा स्थायी परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले यसअघि पनि स्वास्थ्य, शिक्षा, सरसफाइ र विपद् व्यवस्थापनका क्षेत्रमा विभिन्न सामुदायिक परियोजना सञ्चालन गर्दै आएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka