Premier Cables
Premier Steel

अर्थ

भन्सार एजेन्टको आन्दोलन फिर्ता, आजबाट नाका सहज हुँदै

Calendar बिहिबार, मंसिर २५, २०८२  | बिहान ६:४७ बजे

काठमाडौं । भन्सार एजेन्ट र भन्सार विभागबीच सहमति भएको छ।

सहमतिसँगै आन्दोलन पनि स्थगित भएको छ । २०८२ मंसिर २१ गतेदेखि लागू भएको भन्सार ऐनका केही प्रावधानप्रति विरोध जनाउँदै भन्सार एजेन्ट महासंघको आह्वानमा भन्सार एजेन्टहरूले पेन-डाउन गरेका थिए ।

बिज्ञापन

भन्सार विभाग र भन्सार एजेन्ट महासंघबीच भएको वार्ता सकारात्मक रूपमा टुंगिएपछि आन्दोलन रोकिएको हो ।

सहमतिसँगै भन्सारमा जाँचपास सुरू भएको छ । भन्सार एजेन्टका विभिन्न मागहरू क्रमशः कार्यान्वयन गर्दै जाने तथा नियमावलीमा सम्बोधनको मागलाई अर्थ मन्त्रालयमा पठाउने निर्णय गरिएको भन्सार विभागले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka