Premier Cables
Premier Steel

राष्ट्रिय विराटनगर

कार्यालय आगजनी र तोडफोड गर्नेलाई कारबाही माग गर्दै एमाले मोरङले दियो उजुरी

Calendar शुक्रबार, मंसिर १९, २०८२  | साँझ ७:४५ बजे

विराटनगर । ‘जेनजी’ आन्दोलनका क्रममा सरकारी कार्यालय, पार्टी कार्यालयका साथै निजी घरमा आगजनी र तोडफोडमा संलग्नलाई कारबाहीको माग गर्दै नेकपा एमाले मोरङले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको छ ।

शुक्रबार जिल्लास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमाले मोरङले आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्नको नाम, फोटो, भिडियोलगायतका प्रमाणसहित कारबाहीको माग गर्दै जाहेरी दिएको जनाएको हो ।

बिज्ञापन

एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले जेनजी आन्दोलनको घटनामा भएको क्षतिको छानबिन गर्न एमालेले कार्यदल गठन गरेको र त्यसको प्रतिवेदनको आधारमा जाहेरी दिएको जानकारी दिए ।

‘जेनजी’ आन्दोलनको माग जायज भए पनि भदौ २४ गते आन्दोलनका नाममा घुसपैठ गरी विध्वंश मच्चाउनेहरूलाई कारबाहीसहित क्षतिपूर्तिको समेत माग गरिएको उनले बताए । उनले आगजनी र तोडफोडमा संलग्न आफ्नै कार्यकर्ताहरूलाई पनि पक्राउ र कारबाही गर्न माग गरिएको उल्लेख गरे ।

‘जेनजी’ आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालय, पार्टी कार्यालयहरू, निजी घर गरी ७६ ठाँउमा आगजनी र तोडफोड गरिएको विवरण संकलन गरिएको जनाइएको छ ।

एमाले मोरङले प्रदेश सांसद उमाकान्त गौतमको संयोजकत्वमा ५ सदस्यीय क्षति विवरण संकलन समिति गठन गरेको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka