विराटनगर ।नेकपा एमालेको आसन्न एघारौं राष्ट्रिय महाधिवेशनका लागि मोरङ क्षेत्र नम्बर ६ बाट युवा नेता सन्तोष घिमिरेले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।
घिमिरेले खुला युवा कोटाबाट आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा स्थापित भएका घिमिरेले आफ्नो दुई दशक लामो राजनीतिक लगानी र योगदानको कदर गर्दै प्रतिनिधिमा निर्वाचित गराउन अपिल गरेका छन् ।
को हुन् सन्तोष घिमिरे २०६० सालदेखि नेकपा एमालेको पूर्णकालीन कार्यकर्ताका रूपमा सक्रिय घिमिरे विद्यार्थी आन्दोलनबाट उदाएका नेता हुन् । अनेरास्ववियुको विभिन्न कमिटी हुँदै उनले अनेरास्ववियु मोरङ जिल्ला अध्यक्ष,केन्द्रीय सदस्य र कोशी प्रदेश कमिटीको सचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् । उनले अनेरास्ववियु जिल्ला अध्यक्ष रहँदा जिल्लाका सबै पालिका र क्याम्पसमा अनेरास्ववियुका कमिटि निर्माण गरेका थिए ।
विद्यार्थी राजनीतिबाट बिदा भएपछि एमालेको भूगोलको राजनीतिमा होमिएका उनी सुन्दरहरैँचा नगरको प्रथम अधिवेशनबाट नगर कमिटी सचिवको जिम्मेवारीमा थिए । उनी स्वतन्त्र विद्यार्थी युनियन तथा पार्टीको विभिन्न निर्वाचन, जनपरिचालन अभियान र सामाजिक गतिविधिमा अग्रमोर्चामा रहेर नेतृत्व गर्दै आएका छन् ।
संकटका सारथी स् ओली पक्षमा चट्टानझैँ उभिएका पात्र
सन्तोष घिमिरेलाई एमाले वृतमा ‘संकटका सारथी’का रूपमा चिनिन्छ । उनी एमाले भित्र खरो र स्पष्ट वत्ताका रुपमा चिनिन्छ ।
जस्तोसुकै कठिन र प्रतिकुल अवस्थामा पनि पार्टिका पक्षमा उभिने स्वभाका घिमिरे पार्टिको आन्तरिक निर्वाचनमा सधैँ एकै कित्तामा उभिने र निर्वाचनमा तल्लो तहका कार्यकर्तामाझ सम्म पुगेर खटिने पात्रका रुपमा रहेका छन् ।
विशेष गरी नेकपा विभाजन र एमाले भित्रको आन्तरिक संघर्षको समयमा उनी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा खुलेर उभिएका थिए ।
अनेरास्ववियु मोरङ जिल्ला अध्यक्ष रहँदा पार्टी फुटको संघारमा पुगेको बेला पनि उनले जिल्लाभर संगठनलाई भत्किन नदिई अत्यन्तै कुशल र दरिलो नेतृत्व प्रदान गरेका थिए । नेतृत्व संकटमा पर्दा र पार्टीलाई घेराबन्दी गरिँदा घिमिरेले संस्थापन पक्षको रक्षाका लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
आफूले सधैं पार्टी, नेतृत्व र आन्दोलनलाई शिरमा राखेर काम गरेको बताउँदै घिमिरेले यसपटक ११औँ महाधिवेशनमा युवाहरूको प्रतिनिधित्व गर्न आफूलाई अगाडि सारेको बताएका छन् ।
‘पार्टीको सुख र दुःख दुवैमा साथ दिएको छु, अब नीति निर्माण तहमा युवा आवाज बुलन्द गर्न महाधिवेशन प्रतिनिधिको रूपमा उम्मेदवारी दिएको हुँ,’ घिमिरेले भने
