मोरङ-५ मा एमाले उम्मेदवार मनोज अग्रवालको मनोनयन दर्ता ११ बजे
मंगलबार, माघ ०६, २०८२ |
बिहान १०:५२ बजे
विराटनगर । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि मोरङ क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका उम्मेदवार मनोज अग्रवालले प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्ने भएका छन् ।
एमालेले जनाएअनुसार अग्रवालले २०८२ माघ ६ गते मंगलबार बिहान ठीक ११ बजे मनोनयन दर्ता गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा रोडशेष चौकमा भेला भई मोरङ क्षेत्र नम्बर ५ को निर्वाचन कार्यालयतर्फ जाने कार्यक्रम रहेको छ ।
बिज्ञापन
मनोनयन दर्ता कार्यक्रममा पार्टी केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा तथा टोल तहका पदाधिकारी तथा सदस्यहरू, जनसंगठन, तहगत कमिटीका सल्लाहकार, निर्वाचित जनप्रतिनिधि, पार्टीका संगठित सदस्य, समर्थक तथा शुभेच्छुकहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।