Premier Cables
Premier Steel

अपराध

जहदमा भाईको हत्या गरेर भारत भागे दाई

Calendar बिहिबार, मंसिर १८, २०८२  | साँझ ६:१८ बजे

विराटनगर । मोरङको जहदामा दाजु राजकुमार साहले भाइ श्रवणकुमार साहलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्।

हत्या पछि राजकुमार साह भारत भागेका छन् र घटनास्थल भारतीय सीमासँग करिब १ सय मिटर टाढा छ।

बिज्ञापन

प्रहरीले सामान्य घरायसी विवादमा भएको घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

१८ मंसिर, विराटनगर । मोरङको जहदामा भाइको हत्या गरी दाजु फरार भएका छन् ।

जहदा गाउँपालिका–७ तरिगामास्थित मझारेका २८ वर्षीय श्रवणकुमार साहमाथि दाजु राजकुमार साहले धारिलो हतियार प्रहार गरेका थिए । सामान्य घरायसी विवादमा भाइको हत्या गरी दाजु भारत भागेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार सामान्य विवादमा बुधबार राति हतियार प्रहार भएको देखिन्छ ।

धारिलो हतियारबाट घाइते भएका श्रवणलाई विराट टिचिङ अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

घटनास्थलबाट भारतीय सीमा करिब १ सय मिटर दूरी टाढा छ । भाइको हत्यापछि दाजु भारत तर्फ भागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक श्रवण र फरार राजकुमार काकाठूलो बुवाका छोरा हुन् ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka