Premier Cables
Premier Steel

अपराध

इटहरीमा ज्वाइँले गरे सासूको हत्या

नोट: यो समाचार १ महिना अघिको हो

Calendar सोमबार, पुष १४, २०८२  | बिहान ११:५० बजे

विराटनगर । उपचारका लागि भोजपुरबाट इटहरी आएकी एक महिलाको आफ्नै ज्वाइँले हत्या गरेका छन्।

मोरङको बाहुनी घर भई सुनसरीको इटहरीमा डेरा गरी बस्दै आएका २७ वर्षीय गणेश साह गुप्ताले आफ्नी ५० वर्षीया सासु पबीमाया बयलकोटीको हत्या गरेका हुन्।

प्रहरीका अनुसार भोजपुरको दिङ्ला निवासी पबीमाया करिब एक साताअघि श्रीमान्सहित उपचारका लागि इटहरी आएकी थिइन्। उनी इटहरीको जनता बस्तीमा बस्ने अर्की छोरीको घरमा बसेर उपचार गराइरहेकी थिइन्। सोमबार घर फर्कने तयारीमा रहेकी पबीमाया आइतबार राति अर्की छोरी र ज्वाइँ गणेशको डेरामा पुगेकी थिइन्।

घर फर्किनु अघिल्लो रात ज्वाइँ गणेशले पानी तान्ने ट्युबेलको हेण्डलले टाउकोमा प्रहार गर्दा पबीमायाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा छोरी–ज्वाइँबीच भइरहेको दैनिक झगडा मिलाउन र ज्वाइँलाई सम्झाउन खोज्दा गणेश आक्रोशित भई सासुमाथि आक्रमण गरेको खुलेको छ। घटनामा संलग्न गणेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka