Premier Cables
प्रत्यक्ष प्रसारण LIVE
aarya

कोशी प्रदेश

पाहुना जाँदा खुकुरी प्रहार गर्ने पक्राउ, घटनामा भएको थियो युवकको मृत्यु

Calendar बिहिबार, जेठ २२, २०८२  | अपराह्न १:१४ बजे

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका-६ का अर्जुन गुरुङ पक्राउ परेका छन् ।

खुकुरी प्रहार गर्दा फक्ताङलुङ गापा-३ का २८ वर्षीय तेजेन्द्र लिम्बूको मृत्यु भएको थियो ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार गुरुङ र उनकी श्रीमती सरिता लिम्बू मङ्गलवार सरिताकी फुपू योगमाया लिम्बूको घर फक्ताङलुङ-३ को तावा पुगेका थिए ।

गुरुङ र श्रीमती सरिता श्रीमान्- श्रीमती बिच झगडा भएपछि योगमाया लिम्बूले सम्झाई बुझाई छिमेकी तेजेन्द्र लिम्बूको साथमा फुङ्लिङ घर पठाएकी थिइन् । फक्ताङलुङ-३ सिस्ने खोला पुग्दा अर्जुन र तेजेन्द्रबिच झगडा भयो ।

झगडा बिच अर्जुनले खुकुरी प्रहार गरेको प्रहरीले जानकारी दिएकाे ५ । खुकुरी प्रहारबाट तेजेन्द्रको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्जुन गुरुङलाइ प्रहरीले पक्राउ गरेकाे र सरिता लिम्बू फरार रहेको उनको खोजी कार्य भइरहेको प्रहरी डिएसपी गौतमले बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो