Premier Cables
Premier Steel

अपराध विराटनगर

विराटनगरमा स्रोत नखुलेको अढाई लाख नगदसहित पक्राउ

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर १६, २०८२  | अपराह्न २:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित क्षेत्रबाट गस्तीमा रहेको इलाका प्रहरी कार्यालय रानीको टोलीले स्रोत नखुलेको रकमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेका एक पैदल यात्रुलाई शंका लागेपछि चेकजाँच गरेको थियो।

बिज्ञापन

जाँचका क्रममा भारत उत्तर प्रदेशका २५ वर्षीय मनिष यादवले बोकेको झोलाभित्र लुकाइ–छिपाइ ल्याइएका स्रोत खुल्न नसकेका भारतीय रुपैयाँ ५०० का ५०० थान नोट फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको रकम भारतीय रुपैयाँ २ लाख ५० हजार बराबर छ ।

प्रहरीले उक्त रकमसहित यादवलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानी, मोरङमा प्रारम्भिक अनुसन्धान गरि थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, इटहरी, सुनसरी पठाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka