Premier Cables
Premier Steel

अपराध कोशी प्रदेश

भरुवा बन्दुक र वाकीटकीसहित पक्राउ

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, माघ २७, २०८२  | बिहान ११:२४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट प्रहरीद्वारा अवैध हतियार तथा सञ्चार उपकरण (वाकीटकी)सहित दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगीका २८ वर्षीय सिलास लिम्बु र वडा नं. ३ का २९ वर्षीय प्रेमबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको संयुक्त टोलीले माघ २६ गते साँझ करिब ६ बजे सिलास लिम्बुको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा लिम्बुको सुत्ने कोठाबाट ‘मेड इन यूएसए’ लेखिएको एक थान पेस्तोल, दुई थान ‘बाओफेङ’ लेखिएका वाकीटकी सेट तथा भरुवा बन्दुकजस्तै देखिने एक थान काठको हतियार बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा बरामद हतियार तथा सञ्चार सेटमा प्रेमबहादुर गुरुङको समेत संलग्नता देखिएपछि प्रहरीले उनलाई पनि घरबाटै नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखी हातहतियार खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka