विराटनगर। नेपाल प्रहरीको ताजा विवरणअनुसार देशका विभिन्न राजमार्गका केही खण्डमा अविरल वर्षा, बाढी, पहिरा र सडक क्षतिका कारण आवागमन प्रभावित भएको छ। प्रहरी मुख्यालयले आइतबार आइतबार प्रकाशन गरेको विवरणअनुसार सडक अवरुद्ध छन् । प्रभावित स्थानहरूमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।
प्रहरीको तथ्यांक अनुसार कोसी प्रदेशमा ६ स्थान, बागमती प्रदेशमा ३ स्थान, गण्डकी प्रदेशमा २ स्थान र लुम्बिनी प्रदेशमा १ स्थान गरी देशभरका १२ भन्दा बढी स्थानमा सडक अवरुद्ध भएका छन्।
कोसी प्रदेश
संखुवासभा: सिलिचोङ गाउँपालिका–३ मा पहिरा खसेर कोसी राजमार्ग अवरुद्ध।
इलाम: कालपानी–साबिक साविक नाम्सालिङ क्षेत्रमा मेची राजमार्ग अवरुद्ध।
पाँचथर: हिलिहाङ–३ मा पहिरा खसेर तमोर–कोरिडोर अवरुद्ध।
सुनसरी: इटहरी–धनकुटा सडकखण्डमा आवागमन प्रभावित।
तेह्रथुम: राजमार्गमा सवारी सञ्चालनमा कठिनाइ।
बागमती प्रदेश
काभ्रेपलाञ्चोक: बी.पी. राजमार्गमा तेमाल गाउँपालिका–३ मा पहिरा खसेर बाटो बन्द।
सिन्धुली: मध्यपहाडी राजमार्गमा पहिराले आवागमन रोकिएको।
धादिङ: पृथ्वी राजमार्गमा परसौं खण्डमा सडक अवरुद्ध।
गण्डकी प्रदेश
बागलुङ: बागलुङ–भुजुङ–पाइखेखोलाको सडकखण्डमा पहिराले यातायात रोकिएको।
स्याङ्जा: वालिङ–पोखरा सडकखण्डमा सवारी सञ्चालनमा अवरोध।
लुम्बिनी प्रदेश
रोल्पा: सुकिदह–गोराखपुर सडकमा पहिरा खसेर एकतर्फी सुचारु स्थिति।
नेपाल प्रहरीले जनाएका अनुसार, अधिकांश स्थानमा पूर्व–पश्चिम राजमार्ग सुचारु रहे पनि पहाडी सडकहरूमा जोखिम यथावत छ।
प्रहरीले पहिरा र बाढीको जोखिम कायम रहेको भन्दै यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

