






फायल फोटो
काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले भदौ ३१ गते निर्णय गरेको सरुवा असोज १ गतेदेखि लागू हुने गरी गरिएको हो ।
यसअनुसार, अपराध अनुसन्धान कार्यालयको अनुसन्धान शाखामा कार्यरत एसपी अंगुर जीसीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा खटाइएको छ ।
मोरङका एसपी नारायण प्रसाद चिमोरियाको पनि सरुवा भएको छ । उनको काठमाडौं सरुवा भएको छ । उनका ठाउँमा कवित कटुवाल आउने भएका छन् ।
त्यसैगरी, हाल बाँकेमा कार्यरत एसपी रामप्रसाद घर्तीमगरलाई कर्णाली प्रदेश प्रहरी कार्यालय, मानवस्रोत व्यवस्थापन महाशाखा, सुर्खेतमा सरुवा गरिएको छ ।
अर्कोतर्फ, अपराध अनुसन्धान शाखा बनेपामा कार्यरत एसपी अनिल कुमार खड्कालाई मधेश प्रहरी गण, धनुषामा पठाइएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत एसपी अपिल राज बोहरालाई नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नं. १, नक्शालमा सरुवा गरिएको छ ।