Premier Cables

विराटनगर

चाडपर्व लक्षित गर्दै मोरङका १० स्थानमा यात्रु सहायता कक्ष

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज १६, २०८३  | बिहान ११:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले जिल्ला प्रहरी कार्यालय मोरङले जिल्लाका विभिन्न १० स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ।

शुक्रबारदेखि विराटनगर बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा आएको हो। कोशी प्रदेश प्रहरी कार्यालयका डिआइजी शेखर खनालले एक कार्यक्रमबीच सहायता कक्षको उद्घाटन गरेका छन्।

विज्ञापन

चाडपर्वका बेला हुने यात्रुको बढ्दो चापसँगै यात्राका क्रममा हुन सक्ने ठगी, चोरी तथा अन्य समस्यालाई ध्यानमा राखेर सहायता कक्ष सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सन्तोष न्यौपानेले जानकारी दिए।

उनका अनुसार सहायता कक्षबाट यात्रुलाई आवश्यक सूचना तथा यात्रासम्बन्धी सहजीकरण उपलब्ध गराइनेछ। यात्राका क्रममा कुनै समस्या परेमा तत्काल प्रहरीसम्म पहुँच पुर्‍याउने व्यवस्था समेत गरिएको छ।

प्रहरीले चाडपर्वका बेला यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै यात्रु सहायता कक्षमार्फत सेवा तथा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka