Premier Cables
Premier Steel

अपराध

विवाहेत्तर सम्बन्धका कारण विवाद, कटहरीमा महिलाले काटिदिइन पुरुषको लिङ्ग

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज २७, २०८२  | राती १०:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२, आदर्श टोलमा सोमबार साँझ एक पुरुषको संवेदनशील अंगमा गम्भीर चोट लागेको घटना भएको छ।

घटनामा संलग्न रहेको आशंकामा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिज्ञापन

प्रहरीका अनुसार ३२ वर्षीय कामत थरका पुरुष भेटघाटका लागि ती महिलाको डेरामा गएका थिए। भेटका क्रममा विवाद भएपछि महिलाले धारिलो हतियार प्रयोग गरी पुरुषको लिंगमा चोट पुर्‍याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घाइते पुरुषलाई सुरुमा विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो। अवस्था जटिल भएपछि उनलाई नोबेल शिक्षण अस्पतालमा सारिएको हो, जहाँ अहिले आईसीयूमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार लिंगमा गम्भीर चोट लागेको र चुँडिने अवस्थामा रहेको छ।

प्रहरीले घटनास्थलमा बेहोस अवस्थामा फेला परेको ती महिलालाई पनि उपचारका लागि कोशी अस्पताल पठाएको थियो। होशमा आएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा घटनाको कारण विवाहबाहिरको सम्बन्ध रहेको आशंका व्यक्त गरेको छ। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार घटनाको वास्तविक कारण पत्ता लगाउने प्रयास भइरहेको छ र थप अनुसन्धान जारी छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka